मुगु । वन तथा वन्यजन्तुसँग सम्वन्धित अपराध नियन्त्रणका लागि रारा राष्ट्रिय निकुन्जको कार्यालय मुगुले जिल्लामा क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ ।
शनिवार रारा राष्ट्रिय निकुञ्जको कार्यालयमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरुले वन फडान,रारा तालबाट बालुवा,गिट्टि उत्खनन्,निकुन्ज क्षेत्र भित्र ढुङ्गा निकाल्ने,रारा तालमा लुकिछिपी माछा मार्ने र निकुन्जको वन क्षेत्र भित्र वन्यजन्तु तथा चराचुरङ्ग अबैध चोरी सिकारीबारे जानकारी गराएका थिए ।
रारा राष्ट्रिय निकुन्ज कार्यालय मुगुका कार्यालय प्रमुख निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेले हालसम्म निकुन्ज कार्यालय,नेपाली सेना र मध्यवर्ती समितीले राराको जैविक, प्राकृतिक सम्पदाको संरक्षण र वन तथा वन्यजन्तुसँग सम्वन्धित अपराध नियन्त्रणका लागि भए गरेका प्रयास र कृयाकलापबारे आफ्नो प्रस्तुति गर्नु भएको थियो ।
निकुन्ज र निकुन्ज भित्र रहेका जलिय तथा वन्यजन्तु, वनजन्य प्राकृतिक सम्पदाहरुको संरक्षणका लागि राज्यले रारामा नेपाली सेना, निकुन्ज कार्यालय र कर्मचारी खटाए पनि सोचेजस्तो संरक्षण नभएको र छिद्रहरु पहिचान गरि राराक्षेत्रमा रहेका रुख,फूल,जडिबुटीका प्रजाती, जलिय जन्तु, वन्यजन्तु र रारा तालको संरक्षणमा कठोर नीति अवलम्वन गर्नु पर्ने नेपाल पत्रकार महासङ्ग मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले सुझाव दिनुभयो ।
केही वर्ष पहिला रारा निकुन्ज भएर खत्याड गाउँपालिका तिर जाँदा र सदरमुकाम गमगढी आउँदा रारा क्षेत्रमा अनेकौ वन्यजन्तु,चराचुरुङ्गी,विभिन्न प्रजातिका फुलहरु देख्ने गरेपनी २र४ वर्ष यता निकुन्जमा वन्यजन्तु,चराचुरुङ्गी,फुल कमै देखिने गरेकोले राज्यले कति संरक्षण गरेको रहेछ छर्लङ्गै भएको पत्रकार अच्युतराज भण्डारीले बताउनु भयो ।
निकुन्जले संरक्षणमा जति काम गरेपनी गुमनाम हुने गरेको,पत्रकारमैत्री रहेर काम गर्न यश अघि कन्जुस्याइँ गरेपनी आगामी दिनमा संरक्षणका काम गदा सुचना सन्चार र पत्रकारमैत्री भएर काम गर्न नेपाल पत्रकार महासङ्ग मुगु शाखाका उपाध्यक्ष दान बहादुर बुढाले सुझाव दिनुभयो ।
संरक्षणका लागि राज्यले नियम, कानुन बनाए पनि फितलो कार्यान्यन हुदा र आफ्नो जिम्मेवारी निकुन्ज कर्मचारी, नेपाली सेना र समुदायले नबुझ्दा वनजन्य तथा वन्यजन्तुसङ्ग सम्वन्धीत अपराध नियन्त्रणमा समस्या आएकोले आ आफ्नो जिम्मेवारी र कर्तव्य सबैले बोध गर्नु पर्ने र जनचेतना जगाएर संरक्षण सम्वन्धी जनतालाइ राज्यले सु सुचित गर्नुपर्ने मुगु जिल्लाका वरिष्ठ पत्रकार तथा पत्रकार महासङ्ग मुगु शाखाका संस्थापक अध्यक्ष विनोद कुमार मल्लले बताउनु भयो ।
कार्यक्रममा रारा राष्ट्रिय निकुन्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपाने, सूचना अधिकारी धर्मजित साउत, हनुमान ध्वज गुल्मका गुल्मपती बसन्तनाथ योगि ,निकुन्जका कर्मचारी र मुगु जिल्लामा कृयाशिल पत्रकारहरु सहभागी थिए ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts