सर्लाही । सर्लाहीको लालबन्दीमा लालबन्दी नगर वाङ्मय परिषद् सर्लाहीले ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार –२०८१’ का लागि गत भाद्र १०मा छनोट गरिएको लालबन्दी वाङ्मय पुरस्कार आज वितरण गरिएको छ ।
लालबन्दी नगर वाङ्मय परिषद्ले भाद्र १० गते एक विज्ञप्तिमार्फत सार्वजनिक गरेको पुरस्कार आज वितरण गरिएको छ ।
स्वतन्त्र विज्ञसहितको पुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट दश कृतिमध्येबाट अखण्ड भण्डारीको कृति ‘बोरा’ आख्यानले लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार– २०८१ हात पारेको सफल भएको छ । यो पुरस्कारको राशि ५० हजार छ ।
त्यसैगरी लालबन्दी नगर वाङ्मय परिषद्ले साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार–२०८१ पत्रकार रोचक घिमिरेलाई प्रदान गर्ने भएको छ । साहित्यका माध्यमबाट क्रुर जहानियाँ राणा शासनको अन्त्यका लागि होमिँदा होमिँदै सहिद बन्न पुगेका ‘मकै’ पुस्तकका लेखक कृष्णलाल अधिकारीको स्मृतिमा पुरस्कार कोषको स्थापना गरिएको हो। सोही कोषको ब्याजको रकमबाट उक्त पुरस्कार प्रदान गर्न लागिएको परिषद्ले जनाएको छ। नेपाली भाषा तथा साहित्यका क्षेत्रमा दीर्घसेवा गरेका पत्रकार घिमिरेलाई उक्त पुरस्कार प्रदान गरेको परिषद्का अध्यक्ष अच्युत अधिकारीले बताउनु भयो । पुरस्कारको राशि रु ५० हजार र सम्मान तथा पत्रले सम्मान गरिएको छ ।
लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार– २०८१ ले लामो समयदेखि सर्लाहीमा रहेर पत्रकारिताको माध्यमबाट नेपाली भाषाको सेवा गरेका कारण श्रेष्ठलाई सम्मानका गरिएको छ । पुुरस्कार वितरण लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अच्युत अधिकारी, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौं का कुलपति भूपाल राई, लालबन्दी नगर प्रमुख बासुदेव अधिकारी, विशिष्ट अतिथि डा घनश्याम न्यौपाने, प्राज्ञिक सभा सदस्य नेपाल प्रज्ञाप्रतिष्ठानका चेतनाथ धमला, लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपानेले गर्नुभएको थियो ।
आजको कार्यक्रम सर्लाही लालबन्दीका तीन सर्जकले लेखेका चार कृतिको लोकार्पण गरिएको छ। सुमन घिमिरे अग्रिमद्वारा लिखित “प्यालासँग नयाँ कविता“ कविता सङ्ग्रह र समाजसेवी वासुदेव अधिकारीको जीवनी, देवराज पौडेलद्वारा लिखित “मानवता हराएका सहरहरू“ कथा सङ्ग्रह, र विवश पौडेलद्वारा रचित “धर्तीको जून“ गजल संग्रह आज एकैसाथ विमोचन गरिएको हो।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts