सर्लाही । सर्लाहीमा यस वर्ष बेमौसमी वर्षा र डुबानले १० प्रतिशतभन्दा बढी धान खेतमा क्षति पु¥याए पनि कुल उत्पादन बढ्ने कृषि विज्ञहरूको अनुमान छ ।
जिल्लामा ४३ हजार ६ सय हेक्टरमा धान रोपाइँ गरिएको थियो। तीमध्ये ४ हजार ४ सय ४७ हेक्टर क्षेत्रफलका धान बाली भिषण वर्षाका कारण डुवानमा परेर नष्ट भएका छन्। तर, बाँकी क्षेत्रको बाली राम्रो हुँदा उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ । कृषि ज्ञान केन्द्र मलंगवाका अनुसार गत वर्ष ३.२४ टन प्रतिहेक्टरका दरले १ लाख ४१ हजार ९८० मेट्रिक टन धान उत्पादन भएको थियो। यस वर्ष ३.५ टन प्रतिहेक्टरका दरले १ लाख ५२ हजार ९२८ मेट्रिक टनभन्दा बढी उत्पादन हुने अनुमान गरिएको छ।
कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख देवानन्द रायका अनुसार यदि डुबान नभएको भए यस वर्ष सर्लाहीले २ लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन गर्दै नयाँ रेकर्ड कायम गर्ने थियो। “अहिलेसम्मकै उच्च उत्पादन हुने सम्भावना थियो । तर, बाग्मती नदीमा आएको बाढीले दक्षिणपश्चिमी क्षेत्रका खेत डुबाउँदा उत्पादनमा केही कमी भयो,” उहाँले भन्नुभयो “यद्यपि, अन्य वर्षको तुलनामा उत्पादन राम्रो हुनेछ।” डुवानका कारण बलरा, रामनगर, धनकौल, बसबरियालगायत १६ पालिकामा ४ हजार ४ सय ४७ हेक्टर खेत डुबानमा परेको छ । यस्तै, लालबन्दी र बाग्मती नगरपालिकामा सिफारिस गरिएको “सावा मन्सुली सब–१“ जातको बीउमा दाना नलाग्ने समस्या देखिएको छ।
तर, डुवान प्रभावित दक्षिणी क्षेत्रका किसानहरूले बाली नष्ट भएपछि जीविकाका लागि समस्या हुने चिन्ता व्यक्त गरेका छन्।
कृषि ज्ञान केन्द्रले बेमौसमी वर्षाको असर हुँदाहुँदै पनि सर्लाहीमा उत्पादन वृद्धि हुने विश्वास व्यक्त गरेको छ। “२ लाख मेट्रिक टनभन्दा बढी उत्पादन हुने हाम्रो अनुमान छ,” केन्द्रका निमित्त प्रमुख यादवले बताउनु भयो।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts