रुपन्देही .रुपन्देहीका उद्योगीहरुको छाता संस्था रुपन्देही उद्योग संघ ४७ बर्ष प्रवेश गरेको छ । संघले हरेक बर्ष मंसिर १५ गतेका लागि उद्योग दिवसको रुपमा बिशेष कार्यक्रम गरी मनाउँदै आएको छ ।
रुपन्देही उद्योग संघ वि.सं.२०३५ साल मङ्सिर १५ गते रणबहादुर शाहको नेतृत्वमा स्थापना भएको हो। संघले आफ्नो ४७ औं स्थापना दिवस तीन दिने विविध कार्यक्रम सहित मनाउने तयारी गरेको संघका अध्यक्ष दिलिप सापकोटाले बताउनु भयो।
संघले पहिलो दिन १३ गते संघकै सदस्यहरुलाई क्रियाशील बनाएर सहभागिता गराउने गरी अन्तर सदस्य उद्योगी ब्याडमिन्टन प्रतियोगिता, १४ गते बिहान संघको सचिवालयमा रक्तदान र १५ गते बिहान मूल समारोहको आयोजना गरिने र मूल समारोह आयोजना गरिएको छ।
कार्यक्रमा नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित विशिष्ट अतिथिहरुमा लुम्बिनी प्रदेशका उद्योग यातायात तथा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने, सिएनआईका अध्यक्ष अध्यक्ष राजेश कुमार अग्रवाल, चेम्बर अफ कमर्श, उद्योग वाणिज्य संघ केन्द्र, प्रदेश र जिल्लाका नेताहरुले सम्वोधन गर्ने छन्।
मूल समारोहमा अग्रज उद्यमी तथा विभिन्न क्षेत्रका उत्कृष्ट उद्योगीहरुको सम्मान, नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा संघले स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार प्रदान, छात्रवृत्ति वितरणका साथै उद्योग डाइरेक्टरी २०८१ विमोचन गरिने छ।
संघले २०५७ सालमा स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार निरन्तर वितरण गर्दै आएको छ। यो पुरस्कारबाट हालसम्म २४ जना पत्रकारहरु पुरस्कृत भएका छन्। यस वर्ष पनि मंसीर १५ गते ४७ औं स्थापना दिवसको अवसर पारेर ४७,१५५।– राशीको उत्कृष्ट औद्योगिक पत्रकरिता पुरस्कार वितरण गरिने अध्यक्ष सापकोटाले जानकारी गराउनु भयो ।
यी सबै कार्यक्रमका लागि अलग–अलग संयोजनको जिम्मेवारी तोकिएको छ। अन्तर सदस्य उद्योगी ब्याडमिन्टन प्रतियोगिताका लागि बलबहादुर गोदार (बाल्दार)लाई संयोजक तोकिएको छ भने उद्योगी सम्मान तथा पत्रकारिता पुरस्कार छनौट समितिमा निवर्तमान अध्यक्ष माधवप्रसाद पौडेल, रक्तदान कार्यक्रमको संयोजकमा कार्यसमिति सदस्य राजु घिमिरेलाई जिम्मेवारी तोकिएको छ ।
संघले काठमाडौं बाहिर प्रथम पटक वि.सं. २०४५ सालमा राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गरेको थियो। त्यसपछि १५ औं पटक औद्योगिक प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको र काठमाडौं बाहिर निर्माण भैरहेको पहिलो अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा यसलाई व्यवस्थित गर्ने काम संघकै अगुवाईमा भएको उहाँले जानकारी दिनु भयो।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts