सामुदायिक बनको तेहेरो करलाई एकद्वार बनाउने प्रयासमा छु : मन्त्री कलवार

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 8 mins

नवलपरासी । सामुदायिक बनको तेहेरो करलाई एकद्वार बनाउन लागिरहेको लुम्बिनी प्रदेश सरकारका बन तथा बातावरण मन्त्री देवकरण प्रसाद कलवारले बताउनु भयो । सन्सारकोट हरियाली सामुदायिक वन उपभोक्ता समुहको २१ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री कलवारले सामुदायिक बन करको मारमा परेको धारणा राख्नुभयो ।

सामुदायिक बनबाट स्थानीय, प्रदेश र संघीय सरकारले कर लिइरहेको छ्न् । तेहेरो करको मारमा परेको उल्लेख गर्दै मन्त्री कलवारले सामुदायिक बनहरुले तिर्ने कर प्रणालीलाई एकीकृत बनाईनु पर्नेमा जोड दिनु भएको छ । " मैले सामुदायिक वनको करको बिषयलाई लिएर लुम्बिनी प्रदेशका मुख्य मन्त्री देखी संघीय सरकारका बन मन्त्रीसङ्ग कुरा गरेको छु । करलाई एकृकीत बनाइ एकद्वार प्रणालीबाट कर तिर्ने मिल्ने बनाउन लागी परेको छु ।" मन्त्री कलवरले भन्नुभयो । पछिल्लो समय तिनै तहका सरकारले सामुदायिक बनहरु सग कर लिईरहेको भन्दै सामुदायिक बनहरुले तिर्ने कर प्रणालीलाई परिमार्जन गर्दै सरकारले सहज बाताबरण तयार गरिदिनु पर्ने उहाँको भनाई थियो ।

"काठ लिलामीमा सामान्य उपभोक्ताको पहुँच नै छैन त्यसैले अब लिलामी गरिदा मात्रै होईन अन्य समयमा समेत आवस्यक परेका बेला उपभोक्ता वा आम सर्वसाधारणका लागि काठ दाउरा सहजै रुपमा उपलब्ध हुनु पर्छ"मन्त्री कलाकारले भन्नूभयो । पछिल्लो समय जलवायु परिवर्तनको व्यापक असर देखिन थालेको भन्दै मन्त्री कलवारले बन क्षेत्रमा रहेका खाली जमिनहरुको तारबार गरी बृहत् बृक्षारोपणको योजनालाई अघि सारिने उल्लेख गर्दै बन क्षेत्रमा देखिएका समस्याहरूको समाधान तर्फ प्रदेश सरकार उन्मुख रहेको बताउनुभयो । सवै मिलेर बन क्षेत्रको संरक्षणमा लाग्नुपर्ने आजको मुख्य आवश्यकता रहेको उल्लेख गर्नु भयो । " मैले बनलाई कृषि जन्य उत्पादनमा जोडेर उत्पादित बस्तुको बजारीकरण गरि आर्थिक बिकास गर्ने तर्फ जोड्ने प्रयासमा छु ।"

कृषि, बन तथा वातावरण समिति लुम्बिनी प्रदेशका सभापति बिश्वप्रेम पाठकले सामुदायिक बन उपभोक्ता मैत्री हुनु पर्नेमा जोड दिनुभयो । अहिले सामुदायिक बनबाट लुम्बिनी प्रदेशमा करिब १२ करोड रुपैया राजस्व संकलन भएको पाठकले बताउनु भयो । देश भरीमा नै केवल लुम्बिनी प्रदेशमा बन सम्बर्द्धन लागु भएको उल्लेख गर्दै पाठकले राजस्वमा समेत बन क्षेत्रको थप योगदान बनाउनु पर्नेमा जोड दिनुभयो ।

पाठकले प्रदेशमा सघन वनको अवधारणा आएको बताउदै त्यस प्रति आफ्नो समितिको ध्यान आकृष्ट भएर त्यसलाई काटेर वनसम्बद्धन प्रणालीलाई अघि बढाएको जानकारी गराउनु भएको थियो । उहाँले यो बर्ष प्रदेशका सयवटा वनसमुहमा वनसम्बद्धन प्रणालीमा आधारित रहेर काम गर्न वजेट विनियोजना गरेको समेत बताउनु भएको थियो ।

त्यसैगरी बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरका सबै वन समुहहरु स्थानिय सरकारले वनकमुहसंग बढीकर लियो भन्दै हतासिनु नपर्ने बताउदै सबै काम गरेर सकेपछि बचेको रकमको मात्र १० प्रतिशत कर लाग्ने बताउनु भएको थियो । त्यसैगरी सिम्सारको अवधारण अनुसार अघि बढ्न आयोजकलाई सुझाव दिनु भएको थियो ।

ADVERTISEMENT

सन्सारकोट हरियाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कमल प्रसाद पराजुलीको अध्यक्षता र सचिव कमला सुवेदीको सञ्चालन रहेको कार्यक्रममा बर्दघाट नगरका निर्वतमान नगरप्रमुख धिरज शर्मा बस्यालले नगरको विकासका लागि सबै सरोकारवालाहरुलाई समेटेर नगरको विकास गर्न जरुरी रहेको धारणा राख्नु भएको थियो ।

सभामा वैज्ञानिक वन र दिगो वनका वारेमा नेपाल सरकार अल्मलिएको वैज्ञानिक वन ब्यस्थापन समितिका केन्द्रिय अध्यक्ष रेनु सेनले बताउनु भएको थियो । बैज्ञानिक वन ब्यवस्थापनका लुम्बिनी प्रदेशका महासचिव होम बहादुर गुरुङ्गले राजनीतिक नेतृत्व अनुसारको हचुवाको निर्णयले सामुदायिक बनले दु:ख पाएको उल्लेख गर्नु भयो । "सरकारका मन्त्रीले वन नबुझिकन एउटा पत्र लेख्नु भयो । बन जे जस्तो छ, तेस्तै रुपमा राख्नु भनेर पत्र लेख्दा सामुदायिक बन अभियान कर्मी आन्दोलनमा निस्किनु पर्ने बाध्याता निम्त्याएको छ ।" गुरुङ्गले भन्नुभयो । एकद्वार प्रणालीमा कर तिर्न तयार भएको उल्लेख गर्दै कर न्यायोचित रुपमा लगाउनु पर्नेमा गुरुङ्गले जोड दिनुभयो ।

सिमसार र वन समुहका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने ब्यीक्तहरुलाई एउटै मञ्चमा राख्ने र सिम्सारको प्रचार-प्रसार गर्ने हेतुले सन्सारकोट हरियाली सामुदायिक वन उपभोक्ता समुहले सिमसारमा पहिलो पटक कार्यक्रमको आयोजना गरेको समुहका अध्यक्ष कमल प्रसाद पराजुलीले जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा अध्यक्ष, सचिव र कोषाध्यक्ष र लेखा समितिको प्रतिवेदन प्रस्तुत भएको थियो जस्मा ६२ लाख ६६ हजार २० रुपैया बराबरको आर्थिक कारोवार भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । कार्यक्रममा कार्यालय सचिव लिला कुमारी पुन र एक जना वन हेरालुलाई सम्मानसहित विदाई समेत गरिएको थियो ।

बर्दघाट नगरपालिका वडा नं. ८,९,१० सरावल गाउपालिका वडा नं. ३ र ४ सहित पाल्हिनन्दन गाउँपालिका वडानं.१ का उपभोक्ताहरु समाहित रहेको उक्त वन समुहमा २ हजार ४ सय ६५ घरधुरीका १७ हजार १ सय १० जनाले प्रत्यक्ष सेवा लिईरहेका छन् । २०६८ साल जेष्ठ ४ गते डिभिजन वन कार्यालय नवलपरासीमा दर्ता भएर आफ्नो सेवा शुरु गरेको संसारकोटा हरियाली सामुदायिक वन उपभोक्ता समुहको ४ सय ७५ दशमलव ६३ हेक्टर क्षेत्रफल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?