सर्लाही । सर्लाहीको बलरा नगरपालिका–९, अचलगढमा ट्र्याक्टर दुर्घटनामा परी एकजनाको ज्यान गएको छ। आज बिहान ८ः ०० बजेतिर रामनाथ साहका छोरा, अन्दाजी ४० वर्षीय रुस्तम साहले आफ्नो खेत जोतेर घर फर्कने क्रममा आफैं चलाएको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो।
दुर्घटनामा ट्र्याक्टरले च्यापिएर गम्भीर घाइते भएका साहलाई स्थानीयहरूले उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र, अचलगढ पुर्याएका थिए। तर, उपचारको क्रममा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।
मृतकको शव अहिले घरमा राखिएको छ भने दुर्घटनाग्रस्त ट्र्याक्टर घटनास्थलमै रहेको छ। दुर्घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बलराबाट प्रहरी निरीक्षकको कमाण्डमा पाँच जनाको टोली र गडहियाबाट सात जनाको थप टोली खटाइएको प्रहरीले जनाएको छ। घटनास्थल बलरा प्रहरी कार्यालयबाट करिब पाँच किलोमिटर उत्तरमा पर्छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts