काठमाडौं । नेता तथा नेपाली कांग्रेसका सांसद प्रदीप गिरि अस्पतालन भर्ना हुनुभएको छ ।
भारतको मुम्बुईस्थित अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किनुभएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । उहाँलाई आइतबार ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।
अस्पताल स्रोतका अनुसार उहाँको शरीरमा सोडियमको मात्रा कम भएर असजिलो भएपछि भर्ना गरिएको हो । हाल उहाँको अवस्था स्थिर रहे पनि केही दिन अस्पतालमा नै राखेर उपचार गर्नुपर्ने बताइएको छ ।
गिरिको अवस्था हाललाई सामान्य नै रहेपनि निकै कमजोर रहेका कारण चिकित्सकीय निगरानीमा राखेर उपचार भइरहेको बताइएको छ ।






