सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-२ स्थित भित्री सडक खण्डमा स्कुटरको ठक्करबाट तीन जना घाइते भएका छन्।
आज साँझ करिब ५:४० बजे पर्साबाट केशरगञ्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-३४ प ३४५५ नम्बरको स्कुटीले ७० वर्षीय साइकल यात्री राजपत साहलाई ठक्कर दिएको थियो। ठक्करबाट साहको टाउको र बाँया आँखामाथि सामान्य चोट लागेको छ।
स्कुटरमा सवार पर्सा गाउँपालिका-५ निवासी चालक सुधिश यादवकी ३० वर्षीया पत्नी विनिता यादवको दायाँ हात र खुट्टामा सामान्य चोट लागेको छ भने उनका पाँच वर्षीय छोरा यनस यादवको दायाँ खुट्टा घाइते भएको छ। तर, १० वर्षीय छोरा सुविन यादवलाई कुनै चोटपटक लागेको छैन।
तीनैजना घाइतेको उपचार स्थानीय मेडिकलमा भइरहेको छ। ठक्कर दिने स्कुटरलाई प्रहरी चौकी ब्रह्मपुरीले नियन्त्रणमा लिएको छ।






