नवलपरासी। पश्चिम नवलपरासीको रामग्रामबाट प्रहरीले झन्डै १४ किलो गाँजासहित एक महिलालाई पक्राउ गरेको छ।
शुक्रवार रामग्राम नगरपालिका–१२, पचगवाबाट प्रहरीले स्थानीय ५० वर्षीया रेश्मा देवी राजभरलाई १३ किलो ८८० ग्राम गाँजासहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अवैध लागुऔषध लुकाइछिपाई राखिएको गोप्य सूचना पाएपछि खटिएको प्रहरी टोलीले खानतलासी गर्दा जेब्रा झोलामा लुकाइएको अवस्थामा गाँजा फेला परेको थियो।
पक्राउ परेकी महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता