काठमाडौं । चलचित्र ‘सत्यवीर’मा अभिनेता प्रकाश शाह अनुबन्ध हुनुभएको छ । शाहलाई सोमबार अनुबन्ध गरेको निर्माण टिमले जानकारी गराएको हो । शाह यो चलचित्रको प्रमुख कलाकारमा अनुबन्ध भएको निर्माण कम्पनी गडरेज पिक्चर्स प्रालिले जनाएको छ ।
चलचित्रमा शाहले पोजिटिभ या नेगेटिभ कुन भूमिका खेल्ने निर्माण टिमले खुलाएको छैन । सार्वजनिक पोस्टरमा शाहलाई ’एङी’ लूक्समा देख्न सकिन्छ । चलचित्रको लागि पोष्टर उत्सव पाण्डेले तयार गर्नुभएको हो ।
‘सत्यबिर’को निर्मातामा आदेश सुब्बा हुनुहन्छ । विराज खड्काको निर्देशनमा बन्ने यो चलचित्र आगामी डिसेम्बरबाट फ्लोरमा जानेछ । एक दशक लामो समयदेखि भिएफएक्स तथा एनिमेसनमा सक्रिय खड्काको ठूलोपर्दाको लागि निर्देशनमा यो डेब्यू चलचित्र रहनेछ ।
प्रदीप चौधरीको कथा रहने यो चलचित्रमा शाहसँगै कलाकारमा प्रदीप चौधरी र द्वन्द्व निर्देशकमा हिमाल केसीबाहेक निर्माण कम्पनीले ‘काष्ट एण्ड क्रु सर्वजनिक गरेको छैन् । केही हप्तामा औपचारिक कार्यक्रमसहित काष्ट एण्ड क्रू सार्वजनिक गर्ने निर्माण टिमले बताएको छ ।






