काठमाडौं । चलचित्र ‘कर्मा’मा अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता मुकुन भुसाल पनि अनुबन्धित हुनुभएको छ । यो चलचित्रको मुख्य भूमिकामा केही समय अगाडि अभिनेता विपिन कार्कीलाई अनुबन्धित गरिएको थियो । चलचित्रमा उपसना अभिनेता विपिन कार्कीको जोडीको रूपमा देखिनुहुनेछ छि भने मुकुन नेगेटिभ क्यारेक्टरमा देखिन लागेको जानकारी प्राप्त छ । सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको यो चलचित्र एक्सन ड्रामा जनरामा निर्माण हुने यस चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेख्नुभएको हो ।
निर्देशक चौधरीका अनुसार यो चलचित्रमा अभिनेता विपीनलाई पहिलोपटक एक्सन अवतारमा भूमिकामा देख्न पाइनेछ । विपिनले ‘कर्मा’का लागि आठ केजी तौलसमेत बढाउनुभएको छ । यही मंसिरको दोस्रो सातापछि छायांकनमा जान लागेको ‘कर्मा’लाई नयाँ वर्षको छेको पारेर आगामी चैतको २९ गते रिलिज गर्ने टार्गेट राखेर कामअगाडि बढाइएको निर्देशक चौधरीले बताउनुभयो । यो चलचिको छायांकन दाङ र रुकुममा गरिने जनाइएको छ ।
यो चलचित्रको छायाकंन अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भइसकेको छ । चलचित्रको इन्टरनेशनल राइट्स ‘सेभेन सिज इन्टरटेन्मेन्ट’ले खरिद गरेको हो । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालले लगानी रहनेछ । चलचित्रमा विपिन, उपासना र मुकुनका अलवा अन्य कलाकारहरू छनोटको चरणमा छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता