हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाबाट सुत्केरी भएको २० दिनकी एक जना सुत्केरी महिलाको शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
अदानचुली गाउँपालिका– ५ करगै गाउँकी २० वर्षिय झुपा छत्याललाई अचानक विहिबार विहान ११ बजेबाट प्रेसर भएर बेहोस भएपछि राति नै ८ बजे श्रीनगर स्वास्थ्य चौकीमा उपचारका लागि पुर्याएको भएपनि उपचार सम्भवन हुन नसकेपछि शुक्रबार हेलिकोप्टरमार्फत उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर प्रतिक्षा भारतीले बताउनुभयो ।
गाउँमै रहेको स्वास्थ्यचौकीमा सुत्केरी हुनुभएका छत्याललाई अचानक प्रेसर (उच्च) रक्तश्रावको व्यथा लागेपछि पालिका केन्द्र श्रीनगर स्वास्थ्यचौकीमा पुर्याएपनि उपचार सम्भव नभएपछि सम्बन्धित निकायमा खबर गरेर थप उपचारका लागि कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेत अस्पतालमा उद्धार गरिएको प्रमुख डाक्टर भारतीले बताउनुभयो ।
रातभर स्वास्थ्यचौकीमा उपलब्ध भएको औषधि दिएर शुक्रबार मात्रै पहलभएपछि उद्धार गरिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमले हुम्ला सहित कर्णाली प्रदेशका दुर्गम जिल्लाका सयौं गर्भवती, सुत्केरी व्यथामा समस्याग्रस्त महिलाको ज्यान बचाउँदै आएको छ ।
हुम्लामा अझैपनि सानै उमेरमा विवाह गरे बच्चा जन्माउनुका साथै भनेको समयमा औषधि, उपकरण नहुनुका साथै सम्बन्धित चिकित्सक नहुँदा पनि यहाँका महिलाको छटपटीमा उद्धार हुने गरेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts