सर्लाही । सर्लाहीको हरिपुर र ईश्वरपुर नगरपालिकामा ग्रामीण नारी उत्थान संघले सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालन गरेको ‘सिडा संकल्प परियोजना’ २०२४ नोभेम्बर १५ मा समापन हुँदैछ । २०२२ मा सुरु भएको यो परियोजनाले बाल अधिकार, स्वास्थ्य, र सामाजिक सशक्तीकरणका क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएको छ ।
आज आयोजित परियोजनाले गरेका कामको बारेमा जानकारी दिने कार्यक्रममा परियोजनाको उपलब्धि र प्रगतिबारे सरोकारवालाहरूलाई जानकारी गराइएको छ ।
कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष गोमा देवी नेउपानेले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समितिका उपसभापति जितेन्द्र कुसवाहा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा हरिपुर नगरपालिकाकी उपप्रमुख निलम देवी राया, जिल्ला समन्वय अधिकारी कमलबहादुर कार्की, सरकारी निकायका प्रतिनिधिहरू र स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो।
परियोजनाका प्रमुख धिरेन्द्र चौधरीका अनुसार परियोजनाको अवधिमा ९५ लाख २५ हजार ७३१ रुपैयाँ खर्च गरिएको छ। यसले हरिपुर र ईश्वरपुर नगरपालिकामा नीतिगत सुधार, किशोर–किशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी नीति निमाणमा सहजीकरण, र बाल अधिकार प्रवर्द्धनमा उल्लेखनीय प्रगति गरेको छ ।
संस्थाका उपाध्यक्ष विष्णु चालिसेका अनुसार परियोजनाले ३६ वटा बाल क्लबको स्थापना गरेको छ भने २ वटा नगरस्तरीय बाल समेत बनाउन र दर्ता गर्न सफल भयको छ ।
संस्थाको ५ वर्षे रणनीतिक योजना निर्माणमा सहयोग गरेको परियोजनाले संस्थागत विकास योजना तर्जुमा समेत २०२६ संमको लागी नीमाण गरेको छ ।
संस्थाका सचिव सुर्य चालिसेले बाल क्लब र सञ्जालले बालविवाह, लागुऔषध दुरुपयोग, र स्थानीय समस्याहरू समाधान गर्न तालीम तथा मार्गदर्शन प्रदान गरेको जानकारी दिनुु भयो लपरियोजनाको समापनपछि यसले सुरु गरेका कार्यहरूलाई निरन्तरता दिन अब स्थानीय तहको दायित्व हुने उपसभापति जितेन्द्र कुसुवाले बताउनुु भयो ।
उहाँले परियोजनाले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै स्थानीय तहले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
सिडा संकल्प परियोजना ले बाल अधिकार र सामाजिक सशक्तीकरणका क्षेत्रमा महत्त्वपूर्ण काम गर्दै सर्लाहीका दुुई पालिकाका समुदायहरूलाई सशक्त बनाएको स्थानीयहरूले प्रतिक्रिया दिएका छन्।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts