काठमाडौं । नेपाली युवा महिला क्रिकेट टोली विश्वकपमा छनोट भएको छ । नेपाल आईसिसी यू-१९ महिला टी-२० विश्वकपमा छनोट भएको छ ।
एसियाली छनोटको अन्तिम खेलमा बुधबार यूएईलाई हराएर नेपालले पहिलोपटक विश्वकपमा स्थान बनाएको हो ।
नेपालले यूएईलाई नेटरनरेटमा पछाडि पार्दै विश्वकपमा स्थान बनायो । पहिला ब्याटिङ गरेको यूएईलाई ८३ रनमा सीमित गर्दै नेपालले जितको आधार बलियो बनाएको थियो ।
नेपालले विश्वकपमा छनोट हुन १६.२ ओभरमा लक्ष्य पुरा गर्नुपर्ने थियो ।
नेपालले ६ खेलबाट १० अंक जोड्यो । समान अंक भएको यूएई नेटरनरेटमा पछाडि पर्याे ।
टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो ।







Breaking news with related posts