पोखरा । स्वरसम्राट नारायणगोपालको जीवनीसम्बन्धी बायोपिक चलचित्र बनाउने घोषणा गरिएको छ । लेखक प्रकाश सायमिले स्वरसम्राट नारायणगोपालको जीवनीमा आधारित चलचित्र बनाउने घोषणा गर्नुभएको हो । स्वरसम्राट नारायणगोपालको जीवनीसम्बन्धी पुस्तक ‘स्वरसम्राट नारायणगोपाल’को पोखरामा लोकार्पण कार्यक्रममा उहाँले यस्तो घोषणा गनुभएको हो ।
‘म आफैंले लेखेको पुस्तक ‘स्वरसम्राट नारायणगोपाल’ चलचित्र बनाउँदै छु । सोही चलचित्रमार्फत चलचित्र निर्देशनमा म कमब्याक गर्दै छु’, उहाँले भन्नुभयो ।
‘स्वरसम्राट नारायणगोपाल’ पुस्तक अनुसन्धानको एउटा दस्ताबेज भएको साहित्यकार सरुभक्तले भनाइ थियो । ‘अनुसन्धानमा समर्पित सायमिको यो पुस्तक जीवन्त पुस्तकमध्येको एक हो’, उहाँले भन्नुभयो । पोखराबाट प्रसारण हुने एभरेष्ट एफएम ९३ मेगाहर्जको आयोजनामा उक्त पुस्तक लोकार्पण गरिएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts