नयाँदिल्ली । भारतीय प्रशिक्षक गौतम गम्भीरले सोमबार रोहित शर्मा र विराट कोहलीलाई ‘अविश्वसनीय रूपमा कडा व्यक्ति’ भन्दै आलोचकहरूलाई गलत साबित गर्न र अस्ट्रेलियामा फर्म हासिल गर्न सक्षम रहेको बताउनुभएको छ ।
न्युजिल्यान्डसँग घरेलु मैदानमा भएको टेस्ट शृङ्खला ३-० ले हारेपछि कप्तान रोहित शर्मा र स्टार ब्याट्सम्यान कोहलीको आलोचना भएको छ । रोहितले तीन खेलमा ९१ रन र कोहलीले जम्मा ९३ रन बनाउनुभयो ।
ब्लकबस्टर पाँच खेलको टेस्ट शृङ्खलाका लागि भारत अस्ट्रेलिया प्रस्थान गर्नुअघि बोल्दै गम्भीरले ‘विराट र रोहितका लागि कुनै चिन्ता नभएको’ बताउनुभयो ।
“उनीहरू अविश्वसनीय रूपमा कडा मानिस हुन्”, उहाँले भन्नुभयो, “उनीहरूले भारतीय क्रिकेटका लागि धेरै हासिल गरेका छन् र भविष्यमा पनि धेरै हासिल गर्नेछन् ।”
अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले यी दुई वरिष्ठ ब्याट्सम्यानको दीर्घकालीन फर्ममाथि प्रश्न उठाएपछि गम्भीरले उहाँमाथि प्रहार गर्नुभयो । “भारतीय क्रिकेटसँग पोन्टिङको के सरोकार ?” गम्भीरले भन्नुभयो ।
न्युजिल्यान्डसँगको हारपछि सम्पूर्ण भारतीय टोली आफूलाई प्रमाणित गर्न उत्सुक रहेको गम्भीरले बताउनुभयो । यो घरेलु मैदानमा उनीहरूको दोस्रो टेस्ट शृङ्खला ह्वाइटवास हो । “मलाई लाग्छ त्यहाँ धेरै भोक छ, विशेषगरी पछिल्लो शृङ्खलामा जे भयो त्यसपछि”, उहाँले भन्नुभयो ।
गम्भीरले अस्ट्रेलियामा सबैभन्दा ठुलो चुनौती भारतको तुलनामा छिटो पिच हुने बताउनुभयो । त्यहाँका पिच परम्परागत रूपमा स्पिन अनुकूल छन् ।
तथापि गम्भीरले आफ्नो दबाबमा रहेको टोली नोभेम्बर २२ मा पर्थमा सुरु हुने सिरिजमा ‘पहिलो बलदेखि नै आक्रमण गर्न’ तयार रहेको बताउनुभयो ।
“हामी अस्ट्रेलिया धेरै पटक गएका छौँ, त्यसैले त्यो अनुभव महत्त्वपूर्ण हुनेछ”, केही आलोचनाको सामना गरिरहनुभएका उहाँले भन्नुभयो, “यदि हामी आफ्नो क्षमताअनुसार खेल्यौँ, हाम्रो सर्वश्रेष्ठ क्रिकेट खेल्यौँ भने हामी जुनसुकै विकेटमा जोसुकैलाई हराउन सक्छौँ ।”







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts