-अविजित पन्थी
अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं ५ छत्रगञ्जदेखि कपिलवस्तु तर्फ अबैध रुपमा बाख्रा लैजाँदै गरेको एक सवारी साधनलाई प्रहरीले पक्राउ गरेको छ।
रातको समयमा प्रहरी चौकी बल्कोट अर्घाखाँचीबाट गस्तीमा खटिएको टोलीले २०८१ साल कार्तिक २४ गते बल्कोट क्षेत्रमा चेकजाँच गर्दा भे.१च ३८३० नम्बरको 'टाटा टोयोटा' गाडीमा स्त्री जातका २२ ओटा बाख्रा राखिएको भेटिएको हो।
प्रहरीले उक्त गाडीलाई नियन्त्रणमा लिई, आवश्यक प्रक्रिया पूरा गर्न छत्रदेव गाउँपालिका वडा नं. ४ को वडा कार्यालयमा पठाएको थियो। उक्त वडा कार्यालयले गाडीका मालिकलाई ११००० रुपैयाँ जरिवाना समेत गरेको छ।
अवैध व्यापारको नियन्त्रण गर्न कडा कदम चाल्दै आएको र आगामी दिनमा पनि यस्ता गतिविधिहरूमा कारवाही जारी रहने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।







Breaking news with related posts