ललितपुर । नेपालको सबैभन्दा रमाइलो स्थल द वण्डर ल्याण्डले मंगलबार पहिलो वार्षिकोत्सव मनाएको छ । सो अवसरमा विभिन्न आकर्षण खेल, गतिविधि र मनोरञ्जनका कार्यक्रम आयोजना गरिएको थियो । वण्डर ल्याण्डले वार्षिकोत्सवका अवसरमा आगन्तुकलाई निःशुल्क प्रवेश, ट्र्याम्पोलिन र बाल क्लाइम्बिङजस्ता गतिविधिमा सहभागिताको अवसर प्रदान गरेको थियो ।
कार्यक्रमका विशेष आकर्षणका रूपमा नेपालका प्रसिद्ध वन म्यान ब्याण्ड, आशिष चापागाईंको सांगीतिक प्रस्तुति रहेको थियो । एक वर्षको यात्रामा नेपालका बालबालिका, युवा र परिवारलाई स्वस्थ, मनोरञ्जनात्मक र सुरक्षित वातावरणमा उत्कृष्ट अनुभव प्रदान गर्न सफल भएको वण्डर ल्याण्डले जनाएको छ ।
वण्डर ल्याण्डका प्रवक्ताले भन्नुभयो, ‘हाम्रो वार्षिकोत्सव समारोहमा सहभागिता जनाउनुहुने सम्पूर्ण आगन्तुकलाई धन्यवाद दिन चाहन्छौँ । भविष्यमा पनि हामी थप नयाँ खेल, सेवा र सुविधा प्रस्तुत गर्दै रमाइलोको नयाँ आयाम थप्ने प्रतिबद्धता व्यक्त गर्छांै ।’

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा