काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको सम्पन्न २७ औँ वार्षिक साधारणसभाले गत वर्षको मुनाफाबाट सेयरधनीलाई करसहित तीन प्रतिशत बोनस सेयर र ०.१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब पनि पारित गरेको छ ।
त्यसैगरी लिखु खोला जलविद्युत् आयोजनाको निर्माणका लागि बैंक तथा वित्तीय संस्थासँग गरिएको ऋण सम्झौतामा कर्पोरेट ग्यारेन्टी दिने, नियमावली तथा प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्ताव पनि पारित गरेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts