ललितपुर । चलचित्र ‘जेरी अन टप’ शुभ मुहूर्त गरिएको छ । अनन्या फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको ललितपुर पाटनस्थित बंगलामुखी मन्दिरमा सोमबार शुभ मुहूर्त गरिएको हो ।
चलचित्रको प्रमुख कलाकारमा भुवन केसी, विपना थापा, अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, सुरक्षा पन्त, केदार घिमिरे (माग्ने बुढा) निर्मल शर्मा रहनुभएको छ । चलचित्रमा अनमोलको बुबाको भूमिकामा स्वयं भुवन केसी देखिनुहुने छ भने आमाको भूमिकामा विपना थापाको अभिनय रहने बताइएको छ । सुयोग गुरुङको निर्देशनमा बन्न लागेको यो चलचित्र मुहूर्तसँगै सोमबारबाट नै फ्लोरमा गएको छ ।
चलचित्रको निर्माणमा सरोज न्यौपानेलाई दीपक भण्डारी, रवीन शेरचन र रामकृष्ण श्रेष्ठले सघाउनुभएको छ । यसको एसोसिएट निर्माता ओम अग्रवाल र विवेक थापा हुनुहुन्छ । यो चलचित्रको प्रदर्शन अधिकार उपत्यकामा करण क्रेजीको रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले लिएको छ ।
सन् २००६ मा रिलिज भएको फिल्म ‘मानिस’पछि भुवन र विपनाले यो चलचित्रमार्फत जोडी बाँध्न लाग्नुभएको छ । ५० दिनको छायांकन तालिका राखिएको यो चलचित्रलाई काठमाडौं, लुक्ला र भारतको लद्दाखमा छायांकन गरिँदै छ । प्रेमकथामा बन्ने यो चलचित्र भ्यालेन्टाइनको डेको अवसरमा फागुन २ गते सिनेमा घरमा आउने मिति तय गरेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा