काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ महिला च्याम्पियनसिपको फाइनल खेलको टिकट बिक्री वितरण स्थगित गरेको छ ।
एन्फाका प्रवक्ता सुरेश शाहले विज्ञप्ति जारी गर्दै आइतबार नेपाल र भारतबीच भएको खेलमा क्षमताभन्दा बढी टिकट बिक्री हुँदा व्यवस्थापन र सुरक्षा चुनौती आएको विषयमा आधिकारिक टिकट बिक्रेता माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्ससँग बुझ्ने कार्य भइरहेकाले अर्को सूचना नआएसम्मका लागि टिकट बिक्री स्थगित गरिएको जनाउनु भएको छ ।
उहाँका अनुसार नेपाल र बंगलादेशबीच बुधवार साँझ हुने खेलको टिकटबारे एन्फाले अर्को सूचना जारी गरेर जानकारी दिइनेछ ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts