-पुरन साह
जनकपुरधाम । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले तराई मधेशको शिक्षा राजनीतिक नेतृत्वको पहलकदमीमै स्थानिय दानविरहरुको दान र त्यागले स्थापित भएपनि पछिल्लो समय बचाउन नसकिएको दुखेसो पोख्नुभएको छ ।
जनकपुरधाममा राजर्षिजनक विश्व विद्यालयको सातौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै पुर्व राष्ट्रपति डा. यादवले देशको लोकतन्त्र बचाउन लाग्दा लाग्दै मधेशको शिक्षा र स्वास्थ्य ध्वस्त भएको पतै नभएको बताउनु भयो ।
उहाँले जनकपुरधामसहित धनुषाको विभिन्न तत्कालिन चर्चित विद्यालयहरुको उदाहरण दिँदै सबै विद्यालय निर्माणको कामको पहलकदमी राजनीतिक दलका नेताहरुले नै लिएको र समाज शिक्षित बनेको तर पछिल्लो समय देशमा भएको राजनीतिमा व्यस्त हुँदाहुँदै शिक्षा र स्वास्थ्य धरासयी बनेको बताउनु भयो। उहाँले कार्यक्रममा उपस्थित लोसपा अध्यक्ष महन्त ठाकुरले मधेशको शिक्षा र स्वास्थ्य धरासायी बनेको भन्ने तर्कमा समर्थनसहित प्राकृतिक स्रोत र कृषि उत्पादन पनि ध्वस्त भएकाले यस्मा पनि काम गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा लोसपा अध्यक्ष महन्त ठाकुरले जनकपुरधाममा राजर्षिजनक विश्व विद्यालय स्थापनामा राज्य संयन्त्र आनाकानी गरे गर्नोस् नभए हामी आफै गरेर देखाउँछौं भन्ने चेतावनी दिएपछि बल्ल मानेको भन्दै विश्व विद्यालय जोगाउन सवैको कर्तव्य रहेको पनि बताउनु भयो ।
कांग्रेस नेता पुर्व उपसभापति विमलेन्द्र निधीले आफुहरु बिश्व विद्यालय स्थापनाका लागि जिल्ला स्तरीय अभियान सञ्चालन गरेर अर्थ जुटाउने सम्मको काम गरेको स्मरण गराउँदै २०७४ सालमा संघीय सरकारले बिश्व विद्यालयको रुपमा घोषणा गर्दा लोकतन्त्र स्थापनाको जस्तो खुसी महशुस भएको बताउनु भयो ।
सो अवसरमा बिश्व विद्यालय स्थापनामा अहम भुमिका खेलेको भन्दै नेता ठाकुर, कांग्रेस नेता तथा पुर्व उपसभापति विमलेन्द्र निधी, तत्कालिन धनुषाका जिविस सभापति तथा कांग्रेस प्रदेश सांसद राम सरोज यादवलाई सम्मान गरिएको थियो भने कार्यक्रममा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, माओवादी नेता भरत साह बिश्व विद्यालयका कुलपति डा. अमर प्रसाद यादव सहितको उपस्थिती थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts