एमाले षडानन्द नगर कमिटिमा नयाँ नेतृत्व चयन

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । नगर अधिवेशनबाट नेकपा एमाले षडानन्द नगर कमिटिमा नयाँ नेतृत्व चयन गरिएको छ । सुजन राईको नेतृत्वमा सर्वसम्मत नयाँ कमिटि चयन भएका छन् ।

दुई दिनसम्म षडानन्द नगरपालिकाको केन्द्र दिङलामा भएको नगर अधिवेशनले राईसहित कमिटि चयन भएको हो । अधिवेशनले ६५ सदस्यीय नगर कमिटि बनाएको छ । सर्वसम्मत चयन कमिटिको उपाध्यक्षमा अम्बर बहादुर तामाङ, सचिव गणेश प्रसाद अधिकारी, उपसचिव प्रकाश राई र उपसचिव शान्ताकला राई चुनिनु भएको छ ।

ADVERTISEMENT

अधिवेशनको उद्धघाटन नेकपा एमाले कोशी प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री शेरधन राईले गर्नु भएको थियो भने नेकपा एमाले केन्द्रिय सदस्यहरु पर्शुराम अधिकारी, हरिवहादुर राईका साथै प्रदेश कमिटि जिल्ला कमिटि, नगर तथा गाउँ कमिटि वडा कमिटिका साथै विभिन्न जनवर्गीय संगठनका पदाधिकारी तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज