झापा । आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्ज कपको उपाधि आयोजक रोलिङ क्लब धुलाबारीले जितेको छ ।
शनिबार धुलाबारी नमुना माविको खेल मैदानमा भएको फाइनल खेलमा पाहुना टोली दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई टाइब्रेकरमा पन्छाउँदै रोलिङले उपाधि आफूसँगै राखेको हो । टाइब्रेकरमा रोलिङले माने भञ्ज्याङलाई ३–१ गोल अन्तरले हराएर उपाधि कब्जा गरेको हो ।
खेलको ४२ औँ मिनेटमा रोलिङका लागि रोहण कार्कीले एक गोल गरे । त्यस्तै, माने भञ्ज्याङका लागि ६६ औँ मिनेटमा कप्तान सोनाम जङपोले गोल गर्दै खेल बराबरीमा ल्याए ।
उपाधिसँगै रोलिङले नगद ३ लाख, ट्रफी र मेडल पायो भने उपविजेतामा सीमित माने भञ्ज्याङले नगद एक लाख ५० हजार, ट्रफी र मेडलमा चित्त बुझायो ।
प्रतियोगिताको उत्कृष्ट गोलकिप्पर रोलिङका अभिषेक बराल, उत्कष्ट डिफेन्डर रोलिङकै सेमन्त थापा, उत्कृष्ट मिडफिल्डर माने भञ्ज्याङका रोबर्ट, उदीयमान खेलाडी रोलिङका निरज कार्की, उच्च गोलकर्ता रोलिङका उत्सव राई र प्रशिक्षक रोलिङकै सचिन्द्र धिमाल भए ।
पप्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रोलिङका रोहण कार्की घोषित भए । उनीहरुले जनही नगद १५ हजार र ट्रफी प्राप्त गरे । फाइनल खेलको प्लेयर अफ द म्याच रोलिङका गोल किप्पर युवराज पुरी भए । उनले नगद पाँच हजार र ट्रफी पाए ।
विजेता तथा उपविजेता टिमलाई लाई प्रमुख अतिथि कोशी प्रदेशसभा कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङ, अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, आयोजक क्लबका अध्यक्ष नोबेम्बरविक्रम नेम्वाङ लगायतले पुरस्कार वितरण गरेको उपाध्यक्ष इन्द्र आङदेम्बेले बताए ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts