एमाले र काँग्रेसले लोकतन्त्र मर्न दिँदैनन् : प्रधानमन्त्री ओली

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली काँग्रेसले लोकतन्त्र मर्न नदिने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा कोप-२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको सरकार नेकपा एमाले, नेपाली काँग्रेस मिलेर बनाएको उल्लेख गर्दै काँग्रेस र एमाले नेपालको राजनीतिक, सामाजिक इतिहास परिवर्तनका कुरामा अग्रणी रहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले सामाजिक र राजनीतिक परिवर्तनमा एमाले र काँग्रेसले असाधारण योगदान गरेको बताउनु भयो । उहाँले लोकतन्त्र देश र जनताका लागि सर्वोत्तम व्यवस्था भउको दाबी गर्नुभयो । उहाँले राजनीतिक दल नहुँदासम्म जनता नेसन भइसकेको नहुने बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘अहिलेको सरकार नेकपा एमाले, नेपाली काँग्रेस यि दुई वटा नेपालको राजनीतिक, सामाजिक, यस इतिहासमा परिवर्तनका कुराहरुमा, योगदानका कुराहरुमा र परिवर्तन साकार पार्नका लागि लड्ने कुराहरुमा यि पार्टीहरु सदैव अग्रणी रहेका हुन् र यिनले असाधारण योगदान पनि गरेका छन् । यिनको प्रतिवद्धता छ । यि पार्टीले डेमोक्रेसी मर्न दिँदैनन् । डेमोक्रेसी, देश, जनताका लागि काम गर्ने सर्वोत्तम व्यवस्था हो । मानव जातीले सामाजिक सुप्रवन्धका लागि विकास गरेका दुई वटा कुरा हुन् । सामाजिक सुप्रवन्धका लागि पहिलो विकास मानवले पोलिटिक्स गरेको हो । त्यसले मात्रै पनि चलेन, अनि त्यहाँ विकास भए पोलिटिकल पार्टीज । राष्ट्रियता एउटा हुन्छ भन्ने पार्ने पोल्टिकल पार्टीले हो । पोल्टिकल पार्टी नहुँदासम्म बन्दुकले बाँधेका जनता नेसन भइसकेका हुँदैनन् ।’

प्रधानमन्त्री ओलीले वन क्षेत्रलाई सरकारले ४० प्रतिशत भन्दा तल झर्न नदिने प्रतिवद्धता जनाउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *