काठमाडौं । चलचित्र ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक दुई मिनेट ४२ सेकेण्ड लम्बाइको ट्रेलरले गाउँघरमै बसेर विभिन्न पेशा अंगालेका चार युवकहरूको जीवनमा अचानक एक युवतीको आगमनपछि उत्पन्न परिस्थितिलाई हाँस्य शैलीमा देखाएको छ । ट्रेलरको अन्त्यतिर युवतीलाई भूतका रूपमा प्रस्तुत गर्न खोजिएको छ ।
‘जुलेबी’ फेम्ड निर्माता नवीन भट्टको निर्देशनमा तयार भएको चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले डेब्यु गर्दै हुनुहुन्छ भने रविना केसी, पिटर प्रिन्स, मनोजकुमार अधिकारी, शंकर सेढाईं, सूर्यमान लिम्बू, पुष्प अवस्थीलगायतको पनि अभिनय छ । निर्देशक भट्ट र सन्दीप श्रेष्ठले चलचित्रको स्क्रिप्ट तयार पार्नुभएको हो । यो चलचित्र छठ पर्वको दिन पारेर कात्तिक २२ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा