बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विहिवार दिउँसो बारामा घुस रकमसहित एक जना प्रमुख प्रशासकीयअधिकृतलाई पक्राउ गरेको छ ।
हेटौडा स्थित आयोगको कार्यालयबाट खटेको टोलीले बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र प्रसाद साहलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत साहलाई कलैयाको गुप्ता पेट्रोलपम्प नजिकैबाट ७८ हजार घुस रकम सहित पक्राउ गरिएको आयोगको हेटौडा कार्यालयका सूचना अधिकारी गोविन्द प्रसाद गौतमले जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत साहले विल भुक्तानीका लागि सेवाग्राहीसँग घुस रकम लिएको आयोगले जनाएको छ ।







Breaking news with related posts