काठमाडौं । स्मार्टफोन ब्राण्ड टेक्नोले नेपाली बजारमा आफ्नो पछिल्लो मोडल स्पार्क ३० सार्वजनिक गरेको छ । ट्रान्सफ्रम एब्री मोमेन्टको नारासहित ल्याएको नयाँ फोन प्राविधिक ज्ञान भएका मिलेनियल र जेन जेड पुस्तालाई लक्षित गर्दै डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
स्पार्क ३० का विशेषतामा ६४ एमपीको सोनी क्यामेरा, शक्तिशाली मिडियाटेक हिलियो जी ९१ प्रोसेसर, १६ जिबीसम्मको र्याम, आठ र २५६ जिबी स्टोरेज रहेको छ । स्टोरेजलाई माइक्रो एसडी कार्ड प्रयोग गरी थप विस्तार गर्न सकिन्छ । पाँच हजार एमएएच ब्याट्री क्षमता र १८ वाट फास्ट चार्जिङ सुविधा भएको फोनले लामो समयसम्म टिकाउ पर्फमेन्स दिने कम्पनीको दाबी छ ।
आइपी ६४ धुलो र पानी प्रतिरोधी क्षमता भएको फोनलाई टिकाउ र भरपर्दो बनाउनुका साथै फोनमा इन्फ्रारेड रिमोट कन्ट्रोल सुविधासमेत रहेको छ । कम्पनीका अनुसार फोनमा डबल सिमेट्रिकल स्पिकर सुविधा भएकाले गेमिङ, स्ट्रिमिङ वा संगीत सुन्दासमेत उच्च गुणस्तरको अडियो अनुभव प्रदान गर्दछ । स्पार्क ३० (आठ प्लस २५६ जिबी) को मूल्य २२ हजार नौ सय ९० र स्पार्क ३० मोडलको मूल्य २२ हजार चार सय ९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा