मुम्बई । बलिउड अभिनेत्री कंगना रनावतको अभिनय रहेको चलचित्र ‘इमरजेन्सी’ ले प्रदर्शनको अनुमति पाएको छ । सेन्सर बोर्डले यो चलचित्रलाई प्रदर्शनका लागि सर्टिफिकेट दिएको हो । ट्रेलर सार्वजनिक भएदेखि नै यो चलचित्रको विरोध सुरु भएको थियो । शिख समुदायले यसको विरोध गरेपछि भारतको सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनले यसलाई प्रमाणपत्र दिएको थिएन । जसकारण प्रदर्शन मिति सेप्टेम्बर ६ मा यो चलचित्र सिनेमाघरमा आउन सकेन ।
सेन्सर प्रमाणपत्रको माग गर्दै चलचित्र निर्माता जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेज बम्बई उच्च अदालत पुगेको थियो । यस चलचित्रमा कंगनाले भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निर्वाह गर्नुभएको छ । उहाँ यो चलचित्रको निर्देशक र निर्माता पनि हुनुहुन्छ । प्रदर्शनको अनुमति पाएपछि अभिनेत्री कंगनाले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गर्नुभएको छ । ‘हाम्रो फिल्म इमरजेन्सीले सेन्सर बोर्डको तर्फबाट सर्टिफिकेट पाएको खबर घोषणा गर्न पाउँदा एकदमै खुशी लागिरहेको छ । हामी छिट्टै फिल्मको रिलिज डेट छिट्टै घोषणा गर्नेछौं । तपाईंहरू सबैलाई समर्थनका लागि धेरै धेरै धन्यवाद,’ उहाँले लेख्नुभएको छ । चलचित्रमा कंगनासँगै महिमा चौधरी, अनुपम खेर, सतीश कौशिक, मिलिन्द सोमन, श्रेयस तलपन्डेलगायत कलाकारको अभिनय छ ।
सिख संगठनले यो चलचित्रलाई प्रतिबन्ध लगाउनुपर्ने माग राखेका थिए । शिरोमणि अकाली दललगायत सिख संगठनले चलचित्र निर्माताले सिख समुदायको भावनामा चोट पुर्याएको र गलत रूपमा प्रस्तुत गरेको आरोप लगाउँदै आएका छन् । यो चलचित्र २५ जुन १९७५ देखि २१ मार्च १९७७ सम्म मुलुकमा लगाइएको २१ महिनाको संकटकालको कथामा आधारित छ । एजेन्सी ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा