मुगु । वन तथा वातवरण मन्त्री ऐनबहादुर शाहीले अत्याधिक हरित गृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरुले नेपाललाई क्षतिपुर्ति दिनका लागी नोभेम्मर ११ देखि २२ सम्म अजरबैजानको राजधानी बाकुमा हुने कोप २९ औं बैठकमा आवाज उठाउने बताउनु भएको छ ।
कोप—२९ को पुर्व तयारी र जलबायु परिवर्तनले कर्णालीमा पारेको असर बारे वन तथा वातावरण मन्त्रालय र जलबायु परिवर्तनमा काम गर्दै आएको साथ साथै फाउन्डेशनको सयुुक्त आयोजनामा शनिबार मुगुको रारा ताल छेउमा आयोजित कार्यक्रममा मन्त्री शाहीले उक्त कुरा बताउनु भयो ।
हरित गृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरुले नेपाललाई क्षेतिपुर्ति दिनका लागी अजरबैजानको राजधानी बाकुमा हुने कोप २९ औं बैठकमा आवाज उठाउने मन्त्री शाहीले बताउनु भएको हो ।
रारामा आयोजना गरिएको कोप-२९ को पुर्व तयारी र जलबायु परिवर्तनले कर्णालीमा पारेको असरका बारे कर्णालीका १० वटै जिल्लाका साथै सिन्दुपाल्चोक, सोलुखुम्बका जनप्रतिनधी तथा अन्य सरोकारवाला निकायको सहभागी रहेको कार्यक्रम दुई दिन सम्म संचालन हुने आयोजक संंस्था साथसाथै फाउण्डेशनका अध्यक्ष प्रजिता कार्कीले जानकारी दिनु भयो ।
विश्व जलवायु परिवर्तनको असर बिशेष गरी उच्च हिमाली क्षेत्रका बासिन्दाले बढी भोग्नु परेको छायाँनाथ रारा नगरपालिका-९ का स्थानिय बिर्ख रोकायाले कार्यक्रममा सुनाउनु भयो ।
सोही कार्यक्रममा खुम्वु पासङ लामा गाउँपालिका सोलुखुम्वुका उपाध्यक्ष टासी लामा सेर्पाले जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा सबै भन्दा बढी कृषि, पर्यटन र स्वास्थ्यमा असर पारेको बताउनु भयाे । केही महिना अगाढी थामेमा हिम ताल फुटेर आएको बाढीले सिंगो बस्तिलाई क्षति गर्दा स्थानीयहको उठीबास भएकाे बताउनु भयो ।
हेल्वु गाउँपालिका सिन्दुपाल्चोकका अध्यक्ष निमा ग्याल्जन शेर्पाले जलवायु परिवर्तनकाे न्यूनीकरण गर्न स्थानिय स्तरमा चेतनामुलक कार्यक्रम संचालन गर्न संघीय सरकारले देशका सबै स्थानिय सरकारलाई सर्सत शीर्षकमा अनुदान एक एक करोड बजेट बिनियोजित गर्नुका साथै संघीय जलवायु परिर्वन ऐन समेत ल्याउनु पर्ने सुझाव दिनुभयो ।
हिउ चितुवा बिज्ञ रिक्जिन फुम्जन लामाले जलबायु परिवर्तन असरले पृथ्बीको तापक्रम बढदै जादा उच्च हिमाली क्षेत्रमा पाईने बन्यजन्तुहरु अनुकुलन हुने बास स्थान खौज्दै जाने र उनिहरुललाई चाहिने आहारा समेत नभेटिने र मिचाहा प्रजातिका घाँस तथा झारपातले घाँसहरु समेत नष्ट हुँदै जाने गरेकाले बन्यजन्तु जलबायुको असरले लोप हुने खतरा बढ्दै गएकाे बताउनु भयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts