भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुर परिसरमा मंगलवार रक्तदान कार्यक्रमको आयोजना गरिएकोछ । ६९ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरको आयोजनामा रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेको स्वास्थ्यकर्मी रचना श्रेष्ठले जानकारी दिनुभयो । बिभिन्न कार्यक्रम गरी दिवस मनाउने क्रममा रक्तदान पनि गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । जिल्ला अस्पतालमा संचालित रक्त संचार केन्द्रको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको छ ।
कार्यक्रममा भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आले, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, सामुदायिक सेवा केन्द्रका पदाधिकारी लगायतको पनि सहभागिता रहेको थियो ।






