भाेजपुर । वडादसैंको अवसरमा भाेजपुरमा पनि बिहिवार परम्परा अनुसार फूलपाती भित्रयाईएको छ । दसैंघरमा पूजारीसहित फूलपाती ल्याउने र भित्र्याउने चलन छ ।
भाेजपुरमा पनि हर्षबढाइँका साथ फूलपाती भित्र्याउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख ब्यान्डबाजा, पञ्चेबाजा सहितको लावालस्करले दसैंघरमा फूलपाती भित्रयाएकाे हाे ।
घटस्थापनाका दिनदेखि दसैँ सुरु हुने भएपनि दसैँको विशेष चहलपहल भने फूलपातीका दिनदेखि सुरु हुन्छ ।
गाउँघरमा फूलपातीका दिन चोक, मठमन्दिर, पाटी, सत्तल सफासुग्घर गर्ने र रमाइलोका लागि लिङ्गे र रोटेपिङ निर्माण समेत गर्न प्रचलन छ ।






