काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बाढी पहिरोपीडितको सहयोगार्थ ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । कम्पनीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि बुधबार उक्त रकम हस्तान्तरण गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई कम्पनीका अध्यक्ष प्रदीपलाल श्रेष्ठले उक्त रकम हस्तान्तरण गर्नुभएको थियो । सोही अवसरमा प्रधानमन्त्रीलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले १० लाख हस्तान्तरण गर्नुभएको थियो । कम्पनीमा कार्यरत कर्मचारीतर्फबाट उहाँले उक्त रकम हस्तान्तरण गर्नुभएको कम्पनीले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा