हेटौंडा । मकवानपुर प्रहरीले हेटौँडा–१५ रातोमाटे ३९२ किलो लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर मनहरी गा.पा.वडा नं. ९ ज्यामिरे बस्ने ट्याङकर चालक बर्ष २६ को रोशन पुरी र सहचालक ऐ.ऐ.बस्ने बर्ष २२ को धन बहादुर मल्ल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरमा लागूऔषध गाँजा तस्करी भइरहेको भन्ने सूचनाका आधारमा पालुङबाट बीरगंजतर्फ जाँदै गरेको ना ७ ख १७७१ को ट्याङकरलाई रोकेर सुरक्षाजाँच गर्ने क्रममा मंगलबार बिहान ३ :१५ को समयमा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले ट्याङकरको पाँचवटा डिब्बाहरु मध्ये ३ नम्बरको डिब्बाभित्र २५ वटा पोकामा लुकाई छिपाई राखेको अवस्थामा गाँजा बरामद गरेको थियो ।
लागूऔषध र ट्याङकरसहित पुरी र मल्ललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






