हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले बकैया गाउँपालिका वडा नम्बर १० मन्थलीका बाढी पहिरो पीडितहरूलाई राहत वितरण गरेको छ।
वडा नम्बर १० मन्थलीका अम्बास, ठिङ्गनबेसी, धुवाकोट, केराबारी र घैयाटार लगायतका ठाउँका १८० घरधुरी पीडितहरूलाई आइतबार खाद्यान्न सामाग्री वितरण गरिएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरद्वारा संकलित राहत पूर्वाधार विकास समिति सभापति दिपक बहादुर सिंह, बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने र वडा नम्बर १० मन्थलीका वडा अध्यक्ष कमला वाइबाको उपस्थितिमा १८० घरधुरीलाई अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरिएको छ ।
राहत वितरणमा बोल्दै पूर्वाधार विकास समिति सभापति दिपक बहादुर सिंहले असोज ११ र १२ गते आएको बाढीले यस क्षेत्रमा पुर्याएको क्षतिले मलाई निकै नै दुखित तुलाएको बताउनुभयो । क्षतिको घाउमा थोरै भएपनि मलमपट्टी लगाउन अहिले राप्रपा उपस्थित भएको उनले बताउनुभयो । असोज ११ र १२ गते परेको पानीले कुलेखानी ड्यामको सतह भरिँदा ड्यामको दुवै ढोका खोल्दा सिस्नेरी बजारसहित बकैया गाउँपालिका बागमती गाउँपालिका भिमफेदी गाउँपालिका लगायत थुप्रै पालिकाहरूमा क्षति पुर्याएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts