प्राकृतिक विपद्सँगै नेपालीको घरआँगनमा भित्रिएको छ महान् चाड बडादशैँ छ । यसपापलिको दशैँ त्यति रमाइलो हुने देखिँदैन । विपद्ले सबैको मन रोएको छ । मनमा खुशी हुँदैन भने रमाइलो पनि हुँदैन । आज देश रोएको बेला दशैँ पर्व खल्लो हुने देखिन्छ । दशैँ नेपाली हिन्दूहरूको महान् पर्व हो । महान् पर्व मनाउने बेलामा यस्तो विपद् आइपरेको छ । पहिला-पहिलाजस्तो पसलहरू चहल पहल छैन, सबैतिर सुनसान देखिन्छन । मान्छेको भिड हुने न्यूरोड नै सुनसान छ । यस्तो भएपछि आर्थिक मन्दी छ भन्ने बुझनुपर्छ । मान्छेसँग पैसा नभएपछि खर्च कसरी गर्ने ? हुँदा खाने र हुने खानेबीच आकाश धर्तीको फरक छ ।
चाडपर्वको समुखमा आएको विपद्ले निराश र दुःखी भएका आमनागरिकलाई देशमा सरकार छ भन्ने अनुभूति दिलाउन ढिला नगरौं । सबैले आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गरौं । रमिते होइन सहकार्य र सहयोगको हात बढाऔं । तपाईंको सानो सहयोगले पनि विपद्मा परेकालाई ठूलो राहत हुनसक्छ । सरकारले दतारुक्ताका साथ आफ्ना कार्यलाई अघि बढाओस् ।
अर्कोतिर पर्वका बेला महँगी बढ्ने, कालोबजारी हुनेजस्ता समस्या छन् । त्यसमा फेरि यो विपत्तिले थप पीडा दिएको छ । सबैभन्दा बढी मर्का गरिब दुःखीलाई छ । दशैँ उनीहरूका लागि दशा बनेर खडा भएको छ । त्यस्तै प्राकृतिक विपद्मा परेका पीडितको हालत खराव र दयनीय छ । प्राकृतिक विपद्मा परेकाहरूले अझै राहत पाउन सकिरहेका छैनन् । देशमा सरकार छ कि छैन उनीहरूले त्यस्तो अनुभूति गर्न पाएका छैनन् । सरकार गतिका साथ अघि बढ्न सकेको छैन । दशैँ मनाउन घरजाने बाटोमै अलपत्र छन् । बाटोको अवस्था नाजुक छ । बाढीपहिरोले पुरिएका बाटा मर्मत हुने क्रम जारी रहे पनि दुर्त रूपमा कार्य सम्पादन गर्न नसक्नु पुरानै रोग हो । जसका कारण आमसर्वसधारण मर्कामा छन् । महाभूकम्पपछिको विपद् फेरि अहिले आएको छ । धनजनको धेरै क्षति भएको छ । हुन त कुनै पनि विपद् जानकारी दिएर आउँदैन ।
विपद् कसैको नियन्त्रणभित्र हुँदैन । असोज १०, ११ र १२ गते आएको अविरल वर्षा र त्यसले पारेको प्रभावले ठूलो क्षति बनायो । मौसम पूर्वानुमान महाशाखाका अनुसार विगत ५४ वर्षयताकै अधिक वर्षा काठमाडौंमा यसपटक देखियो । अविरल वर्षा र बाढीपहिरोले उपत्यकासहित देशभर दुई सयभन्दा बढीको अकालमा ज्यान लग्यो । हजार बढी घाइते भए । कैयौं बेपत्ता छन् । सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा क्षति पुुर्याएको छ । योभन्दा ठूलो विपत्ति के हुन्छ ? आज नेपालीहरूको मुहार मलिन छ । ओठमा मुस्कान छैन । मुहारमा चमक छैन ।
भारी वर्षाले जनजीवन अस्तव्यस्त छ । पीडितको दैनिकी कष्टकर बनेको छ । बाढीले मानिसहरूलाई बगायो, कैयौं विस्थापित भएका छन् । देशभरका फरक–फरक स्थानमा भएको वर्षाले धेरै क्षेति व्येहोर्नु परेको छ । प्रकोप कसैको बलबुतामा निर्भर हुँदैन । अनपेक्षित घटना थियो । तर, मौसम विज्ञान पूर्वानुमान महाशाखाले यी–यी दिन यी क्षेत्रमा वर्षाको उच्च जोखिम छ भनेर संकेत दिँदादिँदै समयमै सचेत गराउनु नसक्नु र सचेत नहुनु सरकार र हाम्रो कमजोरी देखिएको छ । अटेरीपनले कहिले काही दुःखमात्र होइन, ज्यान पनि गुम्नसक्छ भन्ने कुरा सत्य हो । वर्षाका कारण खोलो बस्तीतिर गयो । खोलातिर बस्ती बसाउन हुँदैनथ्यो । त्यो गल्ति हो । बस्ती बसाइएकाले जनजनको क्षति ठूलो हुन गयो ।
सत्तारुढ, प्रतिपक्ष र सरकार एक भएर विपत्तिविरुद्ध सहकार्य र समन्वय गर्नुपर्ने हो तर त्यस्तो भएको पाइँदैन । आमजनताको चहराइ रहेका घाउँमा मलम पट्टी लगाउन एकजुट हुनुपर्ने हो तर एकले अर्कोलाई खिसिट्युरी र आलोचना गर्न बढी केन्द्रित भएको देखिन्छ । विपद्मा त कमसेकम राजनीति नघुसाउ भन्ने हाम्रो आग्रह हो । राजनीतिदलहरू एकमत हुन नसक्दा उद्धार र राहतका कार्यको प्रभावकारिता देखिएन । यसलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्छ । पीडितले छिटोभन्दा छिटो राहात पाउनुपर्छ । पीडितहरू राहतको पर्खाइमा छन् । राहतमा जुटन सबै नेपाली एकमत भएर लाग्नुपर्छ । अप्ठ्यारो बेलामा सहयोग पुर्याउनु मानव धर्म हो । यो बाहेक अर्को ठूलो धर्म केही हुँदैन ।
विपद्मा सरकार जुन रूपमा अघि बढनुपर्ने हो, देखिएन । यद्यपि सरकारले विपद्को पुर्वानुमानका कारण धेरै क्षति हुन नदिएको दाबी गरेको छ । तर, सत्य होइन । ललितपुरको नख्खुमा टिनको छाप्रामाथि बसेर उद्धार कुुर्दाकुर्दै पाँचजना बगेका थिए । छाप्रोसहित बाढीले बगाएका उनीहरूमध्ये तीनजनालाई स्थानीय चाणिकलाल तामाङले पौडी खेलेर बचाए । सरकारलाई लाज लाग्नुपर्ने होइन ? ‘प्रकोप अकस्मात निम्तिएको होइन, हरेक वर्ष विपद् दोहोरिइरहन्छ तर विपद् व्यवस्थापनमा सरकार किन चनाखो हुँदैन किन ? अब प्रश्न गर्ने बेला भएको छ ।
दैविप्रकोप न्यूनीकरणका लागि सरकारले बेलैमा सर्वदलीय बैठकसमेत राख्न चाहेन । प्रधानमन्त्री अमेरिका गएको भए पनि कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंह भने स्वदेशमै थिए । उनले यो काम गरेर देखाउनुपर्ने थियो । उनले काम गरेर देखाउन सकेनन् । पाएको अधिकार पनि सदुपयोग गर्न सकेनन् । भोट बैंकका रूपमा बसाइएका नदी किनाराका जोखिमपूर्ण बस्ती हटाउन नदिँदा आज दुःखद् अवस्था व्यहोर्नु परेको छ । विपद्पछिको पुनर्निर्माणमा सरकार कम्मर कसेर लाग्नुपर्छ । बाढी तथा डुबान रोकिएपछि पनि मानिसले कतिपय रोगव्याधिको समस्या हुन्छ । पानीको मूल तथा सहायक स्रोत दूषित हुन्छन् । जसका कारण झाडापखाला तथा हैजाजस्ता संक्रमण फैलिन सक्छन् । पशुहरूको मृत्युका कारण दुर्गन्ध फैलिन सक्छ । यस विषयमा सरकार चनाखो भएर लाग्नुपर्छ । बजारभाउ बढन सक्छ । त्यसै अनुसारको सतर्कता आजको आवश्यकता हो । तीनै तहका सरकार चनाखो भएर समयमै उचित व्यवस्थापनमा लाग्नुपर्छ ।
यतिबेला मुलुक एक भएर दैवी तथा प्राकृतिक आपत्तिविरुद्ध लडने बेला हो । राहत, उद्धार र प्रकोप न्यूनीकरणका सम्भाव्य उपायको पहिचान गरी कार्यान्वयन गर्ने बेला हो । तर, विगत केही दिनदेखि राजनीतिक दल, खासगरी सत्तारुढ दल अनावश्यक काममा ध्यान दिएर समय खर्चिएका छन् । एकथरी विगतमा भूकम्प आउँदा होस् वा कोरोना कहरमा होस्, कमिशनमा, नाफाखोरी र औषधोपचारमा घोटाला गरेका थिए । आज त्यो स्थिति नदोहोरियोस् ।
सत्तारुढ, प्रतिपक्ष, सरकार एक भएर विपत्तिविरुद्ध सहकार्य र समन्वय गर्नुपर्ने हो तर त्यस्तो भएको पाइँदैन । आमजनताको चहराइरहेका घाउँमा मलमपट्टी लगाउन एकजुट हुनुपर्ने तर एकले अर्कोलाई खिसिट्युरी तथा आलोचना गर्न बढी केन्द्रित देखिन्छ । विपद्मा त कमसेकम राजनीति नघुसाउ भन्ने हाम्रो आग्रह हो । राजनीतिदलहरू एकमत हुन नसक्दा उद्धार र राहतका कार्यको प्रभावकारिता देखिएन ।
सरकारले सहयोग गर्न आहृवान् गरिसकेको छ । सहयोगी हातहरू पनि उठिरहेका छन् । विभिन्न देशमा बस्ने नेपालीहरूले आर्थिक उठाएर पठाउँदै छन् र कोहीले पठाइसकेका छन् । यसरी उठेको रकम सदुपयोग नै हुन्छ भन्ने छैन । विगतबाट पाठ सिकेर जानुपर्नेहुन्छ । भूकम्प काल र कोरोना कालमा देखिएका कमिशन र घोटालाले यस कुराको झल्को दिएको छ । तसर्थ यसरी संकलित रकम दुरुपयोग नहोस् भन्नका लागि सतर्कता अपनाउनुपर्ने जरुरी छ । विगतमा त्रिपाल मन्त्रीका घरमा देखिएकै हो । त्यही स्थिति दोहोरिने काम नहोस् ।
यतिबेला बाढीपहिरोबाट मृत्युहुने, बेपत्ता हुने र प्रभावित हुनेहरूको लागत र राहत आवश्यक छ । बेपत्ता परिवारले शीघ्र खोज र उद्धार चाहेका छन् । यतिबेला सर्वसाधरण जनता त्रासमा छन् । कच्ची रोेडमा हिलोका कारण सवारीसाधन फस्ने, पहिरो झर्ने भएका कारण जनताले दुःख पाएका छन् । नेपाली हिन्दूहरूको महान् चाड दशैँ, तिहार, छठलगायत पर्व हर्षोल्लासपूर्वक मनाउने तयरी गरिरहेको नेपाली जनतामा ब्रजपात परेको छ । चाडबाडको बेला भएको विकराल प्राकृतिक प्रकोपले दशैँको टीका थाप्न गाउँ जान नपाइने हो कि भन्ने चिन्ताले आममानिसलाई पिरोलिरहेको छ ।
गाउँमा घर लिपपोत गर्ने, घर आँगन, बाटोघाटो सरसफाइ गर्ने, लिंगे पिङलगायत खेलहरू खेलेर रमाउने बेलामा वर्षात्ले निराशा छाएको छ । जसले गर्दा देशका विभिन्न स्थानमा सामान्यदेखि पूर्णतया बदली रही मेघगर्जन र चट्याङसहित भारी वर्षा छ । मनसुन सकिने बेला हो । नेपाली जनता पटक-पटक प्राकृतिक विपद्सँग लड्दै आएका छन् । विपद्सँग लडनु चानचुने कुरा होइन । जे नहुनु थियो भयो अब पछुताउनुभन्दा पीडितलाई राहात दिन सबै एकजुट भएर लागौं । यस्ता विपद् बेलाबेलामा आउने गर्दछन् । विपद् आउनुभन्दा पहिला पूर्वतयारीमा ध्यान दिने काम गरौं । चाडपर्वको समुखमा आउको विपद्ले निराश र दुःखी भएका आमनागरिकलाई देशमा सरकार छ भन्ने अनुभूति दिलाउन ढिला नगरौं । सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरौं । रमिते होइन सहकार्य र सहयोगको हात बढाऔं । तपाईंको सानो सहयोगले विपद्मा परेकालाई ठूलो राहत हुनसक्छ । सरकारले दतारुक्ताका साथ आफ्ना कार्यलाई अघि बढाओस् । बडादशैँ २०८१ को सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना । (लेखकः १५३ विश्वकीर्तिमानी व्यक्तित्व हुनुन्छ ।)






