सामुदायिक सेवा केन्द्र भोजपुरमा लिलामाया
Read Time = 1 min
भोजपुर । सामुदायिक सेवा केन्द्र भोजपुरको दोस्रो साधारण सभाबाट पुन लिलामाया तामाङको नेतृत्वमा समिति निर्माण भएको छ । तामाङको नेतृत्वमा साधारण सभाले ११ सदस्यीय नयाँ समिति निर्माण गरेको हो ।
केन्द्रको उपाध्यक्षमा लालबहादुर विश्वकर्मा, सचिव तेज प्रधान, सहसचिव गिता खतिवडा र कोषाध्यक्षमा अम्बिका काकी चयन हुनु भएको छ । यस्तै समिति सदस्यहरुमा शुशिला तामाङ, देवी सुन्दास, कृष्णमाया तामाङ, अनिल कुमार बराईली, कल्पना देवी तामाङ, बालकृष्ण शाक्य र रामनन्दन शर्मा चयन हुनु भएको छ ।
सोक्रममा भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले समुदायमा प्रहरीसँगको साझेदारीमा बेतिथी र विकृतिका विरुद्धमा मात्र नभई लैङिगक समानता कायम गर्न पनि संस्था सक्रिय बन्न आवश्यक रहेको बताउनुभयो । भय रहित समाज निमार्णका लागि अग्रसर हुन पनि समितिलाई मेयर आलेले आग्रह गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






