काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले ‘बडा दशैँ, तिहारको बडा अफर’ योजना सुरु गरेको छ । नेपालीहरूको महान् चाड विजयादशमी तथा दीपावलीको शुभ अवसर पारेर कम्पनीले यस्तो योजना ल्याएको हो ।
योजनाअन्तर्गत एक भाग्यशाली विजेताले मेगा उपहारस्वरूप एमजी ४ इभी जित्ने अवसर पाउनेछन् भने बम्पर उपहारस्वरूप टिभिएस एन्टर्क ड्रम स्कुटर जित्ने अवसर पाउनेछन् ।
त्यस्तै हरेक हप्ता दुर्ई भाग्यशाली विजेताले रियलमी सी ६३ पाउन सक्नेछन् भने दैनिक १० भाग्यशाली विजेताले बोल्ट स्मार्टवाच, बोल्ट इयरबड्स र सफारी ब्याकप्याक जित्ने अवसर प्राप्त गर्नेछन् ।
कम्पनीका हेड अफ स्ट्राटेजी एण्ड रिसर्च मुनिश गिरीले भन्नुभयो, ‘सर्वप्रथम त नेपालीहरूको महान् चाड विजयादशमी एवं दीपावली २०८१ को शुभ अवसरमा देश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ । हामी प्रविधिको माध्यमबाट मानिस नजिक ल्याउन र सम्बन्धमा न्यानोपन छर्न प्रतिबद्घ छौँ ।’ अफर असोज १५ देखि कात्तिक २२ सम्म लागू हुनेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा