काठमाडौं । नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको काठमाडौंंमा सम्पन्न १५औँ वार्षिक साधारणसभाले रामेन्द्र रायमाझीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
उहाँ एनआइसी एसिया क्यापिटल लिमिटेडमा आबद्ध हुनुहुन्छ । त्यस्तै उपाध्यक्षमा मनिषनारायण जोशी (नबिल इन्भेष्टमेन्ट बैंक), महासचिवमा निर्मल भट्टराई (गरिमा क्यापिटल) र कोषाध्यक्षमा शिवान्तबहादुर पाँडे (एनआइएमबी एस क्यापिटल) रहेका छन् ।
त्यस्तै सदस्यमा सन्दीप कार्की (सिद्धार्थ क्यापिटल), लेखनाथ पोखरेल (नेपाल एसबिआई मर्चेन्ट बैंकिङ) र पुष्पा शर्मा (कुमारी क्यापिटल) रहेका एसोसिएसनले जनाएको छ । समितिको मुख्य ध्यान पुँजी बजारको पहुँचमा सुधार, दिगो वित्तीय अभ्यास प्रोत्साहन तथा नियामक निकायहरूसँग सम्बन्ध मजबुत पार्नेमा केन्द्रित रहने एसोसिएसनले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा