काठमाडौं । नेपाल प्रिमियर लिगको सहभागी टोलीमध्येको एक लुम्बिनी लायन्स क्लबले आफ्नो लोगो सार्वजनिक गरेको छ । क्लबले आफ्नो सामाजिक सञ्जालमार्फत् लोगो सार्वजनिक गरेको हो । नेपाली क्रिकेट टोली कप्तानसमेत रहनुभएका रोहित पौडेललाई लुम्बिनी लायन्सले मार्की खेलाडीका रूपमा चयन गरेको थियो । सार्वजनिक गरिएको नयाँ लोगोमा साहसी सिंह प्रस्तुत गरिएको छ, जसले टिमको शक्ति, साहस र लिगमा बर्चस्व कायम गर्ने दृढतालाई प्रस्तुत गरेको छ । लुम्बिनी लायन्सको सारलाई समेट्न डिजाइन गरिएको लोगोले क्लबको एकता र दृढताको भावना झल्काउँछ ।
लुम्बिनी लायन्स क्लबका चेयरम्यान ईश्वर जिसीले भन्नुभयो, ‘यो लोगोले हाम्रो मैदानमा खेल्ने लुम्बिनी लायन्स टिममात्र नभई सम्पूर्ण लुम्बिनीको गौरवलाई प्रतिनिधित्व गर्छ । एनपिएलको यस पहिलो संस्करणमा नै जितको झण्डा गाड्न हामी आशावादी छौँ ।’ नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल) मा आठ टिम समावेश छन् । लिग मंसिर १६ देखि काठमाडौंमा सुरु हुँदैछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा