काठमाडौं । शाओमीले यस वर्षको दशैँलाई अझ रोमाञ्चक बनाउन नयाँ क्याम्पेन ‘दशैँको बहार, हरेक दिन थाइल्याण्ड ट्रिप उपहार’ घोषणा गरेको छ । क्याम्पेनमा ग्राहकले कुनै पनि शाओमी वा रेड्मी ब्राण्डका स्मार्टफोन खरिदमा दैनिक पुरस्कार जित्ने मौका पाउनेछन् । क्याम्पेनअन्तर्गत हरेक दिन पाँच भाग्यशाली विजेताले रेड्मी बड्स ५ ए जित्नेछन् भने चार विजेताले रेड्मी वाच ५ एक्टिभ जित्नेछन् ।
क्याम्पेनको मुख्य आकर्षण भनेको हरेक दिन एक भाग्यशाली विजेता थाइल्याण्ड ट्रिप रहेको छ । अफरमा सहभागी हुन ग्राहकले असोज १५ देखि असोज २४ सम्मका कुनै पनि शाओमी वा रेड्मी ब्राण्डका स्मार्टफोन खरिद गर्नुपर्नेछ भने खरिदपछि उक्त स्मार्टफोनको आइएमइआई वान नम्बरलाई ३६००० मा एसएमएस पठाउनुपर्नेछ ।
कम्पनीका कन्ट्री जनरल म्यानेजर मनु मनास्वीले भन्नुभयो, ‘हामी यस दशैँको उत्सवलाई अझ विशेष बनाउन ‘दशैँको बहार, हरेक दिन थाइल्याण्ड ट्रिप उपहार’ क्याम्पेन ल्याउँदा अत्यन्त उत्साहित छौँ । यसले हाम्रा ग्राहकहरूलाई रोमाञ्चक पुरस्कारहरूका साथै थाइल्याण्ड यात्रा गर्ने अवसर पनि प्रदान गर्नेछ ।’ साथै ग्राहकले आफ्ना लेटेस्ट मोडेल खरिदमा चार हजारसम्म छुटको व्यवस्था पनि गरेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा