काठमाडौं । मिसेस नेपाल युनिभर्स-२०२४ को उपाधि सन्तोषी कार्कीले चुम्नु भएको छ । लन्डन फेशन हाउसले आयोजना गरेको प्रतिस्पर्धाबाट सन्तोषीले मिसेस नेपालल युनिभर्सको ताज पहिरिन सफल हुनुभएको हो । अब उहाँले नेपालको प्रतिनिधित्व गर्दै ४७औं मिसेस युनिभर्समा भागलिनु हुनेछ ।
मिसेस युनिभर्स विवाहित महिलाको सौन्दर्य प्रतियोगिता हो । ४७ वर्षबाट यो प्रतियोगिता हुँदै आएको छ । १८ वर्षदेखि ५५ वर्षसम्मका १४० भन्दा बढी देशका विवाहित महिलाले भाग लिने यो प्रतियोगितामा यसपटक नेपालबाट सन्तोषी कार्कीले प्रतिनिधित्व गर्नुहुने भएको छ । अन्तर्राष्ट्रिय युवा उधमी महासंघ बेलायतकी महासचिबसमेत रहनुभएकी सन्तोषी विभिन्न संस्थाको नेतृत्वमा रहेको अनुभवले पनि मिसेस युनिभर्समा आफ्नो प्रस्तुतिमा सघाउने कुरामा विश्वस्त हुनुहुन्छ । मिसेस युनिभर्समा आधादशकदेखि नेपालले सहभागिता जनाउँदै आएको छ । यसपटक आफूले नेपालको लागि केही उपाधि ल्याउने तयारीका साथ भाग लिन लागेको पनि सन्तोषीले बताउनुभयो ।
लन्डनको एक विश्वविधालयमा प्रध्यापनसमेत गर्दै आउनुभएकी सन्तोषी मिसेस नेपाल युनिभर्सकै लागि चार दिनअघि नेपाल आउनुभएको थियो । लन्डनमा रेष्टुरेन्ट व्यबसायसमेत सञ्चालन गर्दै आउनुभएकी उहाँ आठ वर्षको छोराको आमा पनि हुनुहुन्छ । विगत डेढ दशकदेखि बेलायतमा बस्दै आउनुभएकी सन्तोषी सोलुखुम्बुकी हुनुहुन्छ ।
उहाँले र मिष्टर एन्ड मिस टिन कलेज २००८ मा शीर्ष उपाधि जित्नुभएको थियो । त्यतिबेलाको अनुभवले पनि यसपटक मिसेस नेपाल युनिभर्स २०२४ को उपाधि हाँसिल गर्न सजिलो भएको सन्तोषीले बताउनुभयो । ‘सन्तोषीले मिसेस युनिभर्सका लागि आवश्यक सबै प्रशिक्षण यतिबेला कोरियोग्राफर रोजिन शाक्यबाट पूरा गर्नुभएको छ । यस्तै अफिसियल मेकअप आर्टिष्टको रुपमा रहेकी इन्दिरा महर्जनले उअनन्लाई व्युटीसम्बन्धी ग्रुमिङ गर्नुभएको छ । ३ अक्टोबारबाट दक्षिण कोरियाको साउलमा सुरु हुने यो मिसेस युनिभर्समा सन्तोषीले भागलिँदै हुनुहुन्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा