भोजपुरका हिटाकर्मी कोइराला सम्मानित
Read Time = 2 mins
भोजपुर । भोजपुरका हिमालय टाइम्स दैनिक संवाददाता निरोज कोइरालालाई बुधवार कर्मचारी मिलन केन्द्रले सम्मान गरेको छ ।
जिल्लामा रहेर लामो समयदेखि निरन्तर पत्रकारिता गर्दै आउनु भएका कोइरालालाई उहाँले संचार क्षेत्रमा र कर्मचारीको हकहितका लागि गरेको कामको उच्च मुल्यांकन गर्दै केन्द्रले नजिकिर्दै गरेको चाडपर्वको शुभकामना आदान प्रदान कार्यक्रममा दोसल्ला र कदरपत्रबाट सम्मान गरेको हो ।
नजिकिँदै गरेको चाडपर्वहरुको शुभकामना आदान प्रदान, स्वागत तथा प्रमाणपत्र बितरण कार्यक्रममा केन्द्रका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी नरबहादुर थापा तथा केन्द्रका सल्लाहकार भोजपुरका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले पत्रकार कोइरालालाई दोसल्ला तथा कदरपत्रबाट सम्मान गर्नु भएको छ ।
पत्रकार कोइराला हाल मकालु टेलिभिजनसहित राष्ट्रिय समाचार समिति, रेडियो नेपाल लगायतका संचार माध्यममा पनि कार्यरत हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






