काठमाडौं । चलचित्र ‘काँडेतार’ अहिले युकेको विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । चलचित्रको सोमबार युकेको आश्फोर्ड सिंगलटन हलमा प्रदर्शन भएको थियो । प्रदर्शनीमा दर्शकको उपस्थिति राम्रो रहेको गायिका तथा चलचित्रकी निर्माता सत्यकला राईले जानकारी गराउनुभयो ।
निर्माता राईका अनुसार चलचित्र हेर्न विभिन्न संघसंस्थाका प्रतिनिधि, कलाकार, लेखक, पत्रकारहरूको उपस्थिति थियो । शोको मुख्य आयोजक नेप्लिज लेडिज ग्रुपका जया कोयी राई, देवान राई र ट्रष्टी अफ गोर्खा पिस फाउण्डेशनका गंगाराज राई, यायोक्खा वेलाय र नेपाली कलाकार प्रस्तोता समाज बेलायत किरात राई, कल्पना राई कुञ्जु, सगरमाथा गोरखा नेप्लिज लेडिज कम्युनिटी आस्फोर्ड र सांस्कृतिक सचिव किरात राई यायोक्खालगायत रहेका थिए ।
चलचित्रको शोमा दर्शकको अनुरोधमा राईले आफ्ना चर्चित गीतसमेत सुनाउनुभएको थियो । नबल खड्काले निर्देशन रहेको चलचित्रमा नबलसँगै, गौरव पहाडी, रेविका गुरुङ, प्रशान्त यादव, सुरबिना कार्की, मुरलीधर, सञ्जय खतिवडा, रोमियन लिम्बु, प्रेम सुब्बा, पर्शुराम चौधरी, पुष्प श्रेष्ठलगायतको अभिनय छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा