काठमाडौं । ओखलढुंगा कला साहित्य समाजको सातौं वार्षिक साधारणसभा तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम उक्त समाजका अध्यक्ष खिलराज राईको सभापतित्वमा भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति नारायणभक्त श्रेष्ठ (रायन) रहनुभएको थियो । कार्यक्रममा समाजका सल्लाहकार विनोद दाहाल, माधव दाहाल, शक्तिकुमार श्रेष्ठ, गम्बु शेर्पा तथा बलबहादुर परियारलगायत अतिथिहरूको उपस्थिति रहेको थियो । समाजका सचिव जितेन्द्र बानियाँद्वारा सञ्चालित उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोपाल सेञ्चुरीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
आर.बी.लामाले सिद्धिचरण श्रेष्ठको सदाबहार कविता ‘मेरो प्यारो ओखलढुंगा’लाई मीठो लयमा गाउनुभएको थियो । प्रमुख अतिथिद्वारा पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा समितिका कोषाध्यक्ष जीवन बमजनले कोषाध्यक्षको प्रतिवेदन तथा सचिव बानियाँले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बौद्ध दीपज्योति बैंक्वेटमा आयोजित कार्यक्रममा दीप गजमेर तथा सुस्मिता कटवालले संस्थाले आफूलाई गरेको सहयोगका लागि आभार व्यक्त गर्नुभएको थियो ।
बिरामी भएर यस समाजको समेत सहयोग प्राप्त गर्नुभएका सल्लाहकार बलबहादुर परियारले समितिप्रति आभार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विनोद दाहाल, गम्बु शेर्पा, सीताराम गुरुङ, फणिन्द्र अधिकारी, सुवास मोक्तान, दीर्घमान तामाङ, रामकुमार सुनुवार, छेपाल शेर्पालगायत व्यक्तिले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले आफ्नो विगत इतिहासका विभिन्न कालखण्ड बताउनुभएको थियो । उहाँले कला र साहित्यिले देश र समाज परिवर्तन गर्न सक्छ भन्दै गायनले विकृतिका विरुद्ध बोल्न सक्नुपर्छ भन्नुभयो । औपचारिक कार्यक्रमको समापन भएपछि कलाकारबाट सांगीति तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत भएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा