काठमाडौं । महेन्द्रनारायण स्मृति प्रतिष्ठानले आज (सोमबार)का लागि तय गरेको १५५औं गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवस सम्बन्धी कार्यक्रम स्थगित गरेको छ । राष्ट्रका सामु उत्पन्न प्रतिकुल प्राकृतिक विपत्तिका कारण कार्यक्रम स्थगित गरिएको आइतबार एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानका मानार्थ अध्यक्ष तथा सांसद विमलेन्द्र निधि, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँ, नेपाली कांग्रेस ललितपुरका सभापति जीतेन्द्रकुमार श्रेष्ठ र प्रतिष्ठानका कार्यवाहक अध्यक्ष शालिग्राम मिश्रले जानकारी दिनुभयो ।
विज्ञप्तिमा भनिएको छ, ‘गत बिहीवारदेखि राष्ट्रव्यापी रूपमा परेको अविरल वर्षाले सयजनाभन्दा बढी नेपाली नागरिकको दुःखद् निधन भएको, कयौं बेपत्ता भएको, अनेक भौतिक संरचनाहरू ध्वस्त भएको, मानिसहरूको व्यक्तिगत श्रीसम्पत्तिको ठूलो नोक्सानी भएको र यातायातसमेत कठीन भएको हुनाले कार्यक्रम गर्नु सम्भव भएन । हामी यसबेला प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुहुनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जलिकासाथ शोकविहृवल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं ।’
विपत्तिमा परी मृतकका परिवार र व्यक्तिगत धनजनको क्षति भोग्दै आवाससमेत गुमाएका पीडित र घाइतेलाई तत्काल संघीय, प्रदेश र स्थानीय सरकारबाट आपत्कालीन सहायता उपलब्ध गराउनसमेत विज्ञप्तिमार्फत माग गरिएको छ । कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित हुनुहुने तय थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts