काठमाडौं । बडादशैँको अवसर पारेर यही असोज २४ गते फूलपातीको दिनदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘ज्वाइँ साब’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण पक्षका अनुसार अमेरिका, क्यानडा, यूके र जापानको प्रदर्शन अधिकार बिक्री भएको हो ।
निर्देशक तथा सञ्चारकर्मी सुरेशदर्पण पोखरेलको माया डिजिटलले अमेरिकाको प्रदर्शन अधिकार लिएको छ । पोखरेलका अनुसार यो चलचित्र अक्टोबर ११ शुक्रबार (अमेरिका) का दिन अमेरिकाको टेक्सस, क्यालिफोर्निया, न्यूयोर्क, भर्जिनिया, मेरिल्याण्ड, कोलोराडो, न्यू हेम्प्सायरलगायत शहरमा सय बढी शोमा प्रदर्शन हुनेछ ।
निर्देशक वसन्त निरौलाले पोष्टर, टिजर, गीत र पछिल्लो पटक टिकटकमा सार्वजनिक क्लाइमेक्स दृश्यले चलचित्रप्रति विदेशमा बस्ने नेपालीको चासो हृवात्तै बढेको बताउनुभयो ।
राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको यो चलचित्रमा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउतलगायत कलाकारहरूको अभिनय छ ।
मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको चलचित्रमा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, सञ्जय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts