एमाले कोशी प्रदेशले भन्यो, ‘उद्धार, राहत र घाइतेको उपचारमा लागौं’
Read Time = 2 mins
भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशले अविरल बर्षाका कारण बाढी पहिरोका कारण धनजनको क्षति भएको भन्दै उद्धार, राहत र घाइतेको उपचारमा जुटन सवैलाई आग्रह गरेको छ ।
स्थायी कमिटि सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले विज्ञप्ति प्रकाशित गर्नु हुँदै उद्धार, राहत तथा पुनस्थापना कार्यमा उच्च सर्तकताका साथ सक्रियतापूर्वक जुटन कोशी प्रदेशका सवै जिल्ला कमिटि, नेता कार्यकर्ता र पार्टी पक्तिलाई आह्वान गर्नु भएको छ । जारी विज्ञप्तिमा भनिएको छ, “बेपत्ताहरुको तत्काल खोजी गर्दे मृतकका परिवारजनहरुको उद्धार तथा पुनस्थापनाका लागि स्थानिय सरकार, प्रदेश सरकार र संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।”
विज्ञप्तिमा अहिलेसम्म पाँचथरमा नौ, इलाममा एक, धनकुटामा दुई र सोलुखुम्बुमा पाँच गरी १७ जनाले ज्यान गुमाएको उल्लेख गरिएको छ । यस्तै सात जना बेपत्ता र दर्जनौ घाइते भएको उल्लेख गरिएको छ । यस्तै बिभिन्न जिल्लाका पुल, सडक लगायतमा समेत क्षति पुगेको, परिवारहरु बिस्थापित बनेको, पशुचौपाया तथा बालीनालीमा समेत क्षति पुगेको विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






