सप्तरी । शनिबार साँझ ६ बजेको मापनअनुसार कोशीको पानीको बहाव ५ लाख ६७ हजार ७ सय ६० क्युसेक प्रतिसेकेन्ड भएपछि ब्यारेज पुलमाथिबाट बाढीको पानी बग्न सुरु भएको छ ।
सप्तकोशीमा आएको बाढी कोशी ब्यारेज माथिसम्म आइपुगेको हो ।
पानीको सतह बढेपछि पुलमाथि नै बाढी आइपुगेको हो ।
ब्यारेजका सबै ५६ वटै ढोका खोले पनि पानी पार नहुँदा पुलमाथि नै पानी आएको छ ।
कोशी ब्यारेजको पुलको २०,२१,३८, ३९ र ४० नम्बर ढोका नजिक पुलमाथिबाट पानी बग्न थालेको छ ।
स्थानीय प्रशासनले ब्यारेजमा सवारी साधन आवतजावतमा रोक लगाएको छ ।
शनिबार साँझ मापन गरिएको साढे ५ लाख क्युसेक पानी ३७ वर्षयताकै उच्च हो । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार क्युसेक मापन भएको थियो ।







