हेटौंडा । मकवानपुरको इन्दसरोवर गाउँपालिका सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका पहिरोमा पुरिएका ६ जना विद्यार्थीको शव भेटिएको छ।
सुरक्षाकर्मीले साँझ ५:३० बजेको समयमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
बिहीबारदेखि परेको अविरल वर्षाका कारण कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा विद्यार्थीहरु पहिरोमा परेका थिए।
एन्फा एकेडेमिका ४० जना बिद्यार्थीहरु होस्टेलमा बस्ने गरेकोमा तिनिहरु मध्ये ६ जना बिद्यार्थीहरु बसिरहेको होस्टेलबाट सुरक्षित स्थानतर्फ जाने क्रममा अचानक माथिबाट पहिरो आई बेपत्ता भएका थिए ।
विद्यार्थीहरुमा मकवानपुरका अनुप घलान, दिवस बानियाँ र सुमन योञ्जन, धादिङका रियान्स आचार्य, सर्लाहीका आदित्य बलम्पाकी र बाराका विकल रेग्मी रहेका छन् ।
उद्दार कार्यमा खटिएका सुरक्षाकर्मीले १८स्१५ को समयमा नेपाली सेनाको हेलिमार्फत काठमाडौं स्थित शिक्षण अस्पताल तर्फ पठाईएको जानकारी दिइएको छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts